Advertisement Ad

कियाचु पान्थरले विविध कार्यक्रमका साथ मनायो ३६ औं स्थापना दिवस

Advertisement Ad

१७ भदौ, २०८१ पाँचथर । किराँत याक्थुङ चुम्लुङ जिल्ला कमिटी पाँन्थरले विविध कार्यक्रमका साथ ३६ औं स्थापना दिवस मनाएको छ ।

चुम्लुङ्ले सोमबार फिदिम स्थित कियाचु पाँचथरको सभाहलमा शुभकामना आदानप्रदान तथा छात्रवृत्ति बितरण कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो । कार्यक्रममा पाँचथरका चारजना इमानदार तथा अनुशासित विद्यार्थीहरुलाई छात्रवृत्ति बितरण गरिएको छ । छात्रवृत्ति प्राप्त गर्नेमा कक्षा ८ मा अध्यनरत रानिटार माविका सुहाना नेम्वाङ, सरस्वती मावी चोकमागुमा अध्ययनरत रेस्मा कटुवाल, कक्षा १० मा अध्ययनरत  सिद्वेश्वरी मावी भारापाका पुनम हाङ्सरुम्बा र सिंहबाहिनी मावी फालेलुङमा अध्ययरत आयुस मेयोङ्बा रहेका छन । सुहाना नेम्बाङ र रेश्मा कटुवाललाई प्रतिब्यक्ती नगद १० हजार सहित सम्मान पत्र र पुनम हाङ्सरुम्बा र आयुस मेयोङबालाई प्रतिब्यक्ती नगद ५ हजार सहित सम्मान पत्र प्रदान गरिएको कियाछु जिल्ला कमिटीका सचीव कमल हाङ्सरुम्बाले बताए ।

छात्रवृत्तिका लागि इजरायल कल्याणकारी कोष र याक्थुङ सहयोग कोषले सहयोग गर्दैआएको हाङ्सरुम्बाले बताए । कार्यक्रमकै अवसरमा अर्को वर्षबाट थप एकजना विद्यार्थीलाई पनि आफ्नो तर्फबाट छात्रवृत्तिका लागि नगद १० हजार प्रदान गर्ने फिदिम स्थित मेरिना बुटिकका संचालक बिमला नेम्बाङ्ले बताइन । कार्यक्रमको अवसरमा पाँचथरमा कार्यरत याक्थुङ अधिकृतहरुलाई पनि सम्मानपत्रका साथ सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समिति पाँचथरका अध्यक्ष रामराज आङ्देम्बे, बिशेष अतिथिमा कियाचु सङ्घिय उपाध्यक्ष चन्द्रकुमार आङ्देम्बे, कियाचु पुर्व केन्द्रिय सचीव तथा नेपाली काँग्रेसका निवर्तमान सभापति नरेन्द्र केरुङ, नेपाल पत्रकार महासङका जिल्ला अध्यक्ष गिरिराज बास्कोटा लगायत लिम्बुजन्य संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो  । संस्कृति झल्किने न्यु वरदान सङितालयको नृत्य गायनमा बिशेष प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रम किरात याक्थुङ चुम्लुङ पाँन्थरका अध्यक्ष सुरेन्द्र शिशिर केरुङ्को अध्यक्षतामा सम्पन्न भएको थियो ।