१७ भदौ २०८१, धनकुटा। १५९ औं मोतीजयन्तीको अवसरमा धनकुटा नगरपालिका–३ कागतेस्थित भाषा माध्यमिक विद्यालय परिषरमा सोमबार साहित्यिक कार्यक्रम सम्पन्न भएको छ।
मोतीजयन्ती एवंम् कुशेऔंशीको अवसर पारेर भाषा माध्यमिक विद्यालयले साहित्यिक कार्यक्रमको आयोजना गरेको हो। धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यता तथा शिक्षा विकास तथा समन्वय इकाई धनकुटाका प्रमुख मोहन राई, माछापुच्छ«े बैंक धनकुटा शाखाका प्रमुख भुवन न्यौपानेको विशेष आतिथ्यतामा सम्पन्न साहित्यिक गोष्ठीमा डेढ दर्जन बढी कविहरुले कविता र गजल वाचन गरेका थिए।
कार्यक्रममा कविहरु राज माङलाक, मुकुन्द प्रयास, केजी सुब्बा, रोशन परियार, उत्तम लिम्वू, सन्देश सुब्बा, रमेशचन्द्र अधिकारी, घनश्याम बराल (औलाली), द्धारिका रिजाल, अनन्त अनुराग, प्रज्वल पुकार, तुलसा स्वदेशी, नरेन्द्र कश्चित, सञ्जय सायल लगायत १९ जना आमन्त्रित कविहरुले कविता वाचन गरेका थिए।
सो अवसरमा भाषा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीबीच कविता प्रतियोगिताको समेत आयोजना गरिएको थियो। विद्यालयले आयोजना गरेको कविता प्रतियोगितामा कञ्चन बस्नेत प्रथम भइन्। त्यस्तै आशिका राई द्धितीय र नितु शाही तृतीय भए। प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार सहित प्रमाणपत्र पाए। माछापुच्छ«े बैंक धनकुटा शाखाको सहयोगमा सम्पन्न कविता प्रतियोगितामा कक्षा–५ देखि कक्षा–१२ सम्म अध्ययनरत ५१ जना छात्रछात्राको सहभागिता रहेको थियो।
भाषा तथा साहित्यको उन्नयनका लागि कार्यक्रमको आयोजना गरिएको भाषा माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द राईले बताए।
