भिम चेम्जोङ
१८ भदौ २०८१, पाँचथर। जिल्लाको फिदिम नगरपालिका-४ सालघारीस्थित जागृती आधारभूत विद्यालयले शिक्षा पाउँनबाट बन्चित भएका ४८ जना विद्यार्थीलाई शिक्षा दिईरहेको छ।
तत्कालीन जिल्ला शिक्षा कार्यलयबाट आवासीय सन्चालन अनुमानि लिएर शिक्षाबाट बन्चित, गरीब, बिपन्न र अभिभावकबिहीन बालबच्चालाई शिक्षा दिईरहेको जागृती आधारभूत विद्यालयका प्रधानाध्यापक डिल्लीराम लुइँटेलले बताए ।
२०५५ सालमा स्थापना भएको विद्यालयले २०७० सालदेखि आवासीय रुपमा कक्षा-८ सम्म पठनपाठन गरिरहेको छ । “सुरुमा हामीले आवासीय सुरु गर्दा १३ जना विद्यार्थी थिए” प्रधानाध्यापक लुइँटेलले भने “पछि विद्यार्थी थपिदै गएपछि अहिले ४८ जना पुगेका छन् । श्रोत-साधनको अभावले शिक्षाबाट बन्चित थुप्रै विद्यार्थीहरु आए पनि राख्न नसकेको लुइँटेलले बताए ।
आवासीय रुपमा अध्ययनरत विद्यार्थीहरु पाँचथर जिल्लाकाे विभिन्न पालिका र जिल्ला बाहिरका समेत रहेका छन् । विद्यालयमा तत्काल विद्यार्थी थप्न भवनको आवश्यकता रहेको छ । आवासीय सन्चालनका लागि सुरुमा १ लाख ५० हजारदेखि अहिले वार्षिक ८ लाख रुपैयाँ नगरपालिकाले बिनियोजन गरेको छ।
२६ पुरुष र २२ महिला गरी आवासीय रुपमा ४८ विद्यार्थी अध्ययन गरिरहेका छन् । विद्यार्थीहरुको सहजताका लागि आवासीय लक्षित १ शिक्षिका, १ शिक्षक र १ सहयोगी गरी ३ कर्मचारी रहेका छन् ।
आगामी दिनमा कम्तिमा १०० जना विद्यार्थीलाई आवासीय रुपमा शिक्षा दिन सक्नेगरी भौतिक संरचना र अन्य स्रोत-साधन व्यवस्थापनकाे लागि पहल भइरहेको प्रधान्याध्यापक लुईटेलले बताए ।



