Advertisement Ad

याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय उद्घाटन

Advertisement Ad

काठमाडौ – २० भदौ २०८१ बिहिवार ।
याक्थुङ मुन्चइत चोक सयङ (yakthung Film Maker Association) को नयाँ कार्यालय उद्घाटन भएको छ । बुधबार ललितपुरस्थित चुम्लुङ्हिममा नेपाल आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पुर्खाजित राइले रिवन काटेर उद्घाटन गरेका हुन । संघीय कार्यालय उद्घाटनमा आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिती, चलचित्र विकास बोर्डका संयोजक ज्योतिराज राई, किरात याक्थुङ चुम्लुङ संघीय उपाध्यक्ष गोविन्द आङ्बुङ, चलचित्रकर्मी इन्द्र सेर्पा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा निवर्तमान संघीय कोषाध्यक्ष हाङ चेम्जोङलाई बिदाई समेत गरिएको थियो ।