Advertisement Ad

नगर प्रमुख काफ्लेद्वारा जन्मदिनमा जागृती आविमा वृक्षरोपण साथै विद्यार्थीलाई फलफूल वितरण

Advertisement Ad

२१ भदौ, २०८१ पाँचथर । फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्लेले आफ्नो जन्मदिनको अवसरमा वृक्षरोपण साथै विद्यार्थीलाई फलफूल वितरण गरेका छन् ।

शुक्रबार फिदिम-४ सालघारी स्थित जागृती आधारभूत विद्यालयमा अशोकको बिरुवा रोपेर नगर प्रमुख काफ्लेले जन्मदिन मनाएका हुन् । त्यस्तै आवासीय रुपमा अध्ययनरत ४८ विद्यार्थीलाई फलफूल र अन्य खानेकुरा दिंदै विद्यार्थीसँग जन्मदिन मनाएका हुन्।

नगर प्रमुख काफ्लेको जन्मदिनमा फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपाने, जागृती आधारभूत विद्यालयका प्रधानाध्यापक डिल्लीराम लुइँटेल लगायत नगरपालिकाका कर्मचारी र विद्यालयका शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।