Advertisement Ad

Advertisement Ad

पाँचथरको फालेलुङमा बाढीले बगाउँदा एक महिला बेपत्ता

१२ असोज २०८१, पाँचथर। जिल्लाको फालेलुङ गाउँपालिका–५ स्थित तारे खोलामा आएको बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छिन्।

त्यहाँस्थित निगुरे चोककी ३६ बर्षीया कमला राईलाई खोलामा आएको बाढीले बगाएको स्थानीय शिल्प राईले जानकारी दिए। बाढीले फेङ्लीटारका पाँच घर बगाएको छ।

लुदिनटारका उत्तम राईको घर र भान्साघर पहिरोले बगाउँदा एक बालक घाइते भएका छन्। फालेलुङ ५ र ६ जोड्ने पक्कि पुल समेत बाढीले बगाएको छ।

बाढीमा बेपत्ता राईको खोजीकार्य जारी रहेको बताइएको छ।