Advertisement Ad

बाढी-पहिरोले विस्थापित खापुङ परिवारलई एक लाख बढी सहयोग

Advertisement Ad

१७ असोज २०८१, विराटनगर। इलामको माई नगरपालिका मालबासेमा बाढीपहिरोले विस्थापित  भएका जना खापुङ परिवारलाई किरात याक्थुङ खापुङहाङ सङ्जुम्भोले लाख ३२ हजार  रुपैंयाँ रकम सहयोग हस्तान्तरण गरेको छ।

अबिरल वर्षाका कारण गत भदौंमा इलामको माई नगरपालिका, मालबासेमा बाढीपहिरोका कारण हर्कबहादुर खापुङ, सुरज खापुङ प्रकाश खापुङको परिवार विस्थापित  भएका थिए।

विभिन्न दाताहरूले उपलब्ध गराएको रकमलाई  किरात याक्थुङ खापुङ्हाङ सङ्जुम्भोले समन्वय गरी प्रत्येक विस्थापित  परिवारलाई जनही ४४ हजार  रुपैंयाँ वितरण गरिएको सङ्जुम्भोका केन्द्रीय अध्यक्ष सान्तबहादुर खापुङले जानकारी दिए।

अध्यक्ष खापुङका अनुसार सङ्जुम्भोका केन्द्रीय अध्यक्ष सान्त बहादुर खापुङ, वरिष्ठ उपाध्यक्ष देवेन्द्र खापुङ, उपमहासचिवद्व्य इन्द्रकुमारी तेयुङ खापुङ, कृष्णप्रसाद खापुङ, पुर्व उपाध्यक्ष ओमप्रकाश खापुङ स्थानीय समन्वयकर्ता पुर्ण खापुङको उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो।

भीरले पुर्न खोजेको तल माईखोलाले पनि पहिरो कटान गर्दै आएकोले उक्त परिवार अति जोखिममा रहेका   जोखिममुक्त स्थानमा सार्नु  आवश्यक देखिएको संस्थाका केन्द्रीय उपाध्यक्ष देवेन्द्र खापुङले जानकारी दिए।