Advertisement Ad

विविध कार्यक्रम सहित संघीय लिम्बुवान सामाजिक मञ्च युएईको वार्षिक उत्सव सम्पन्न

Advertisement Ad

५ कार्तिक २०८१, युएई। संघीय लिम्बुवान सामाजिक मञ्च युएई, केन्द्रीय कार्य समितिको वार्षिक उत्सव वनभोज कार्यक्रमकासाथ सम्पन्न भएको छ।

अक्टोवर १३ तारिखमा सम्पन्न कार्यक्रममा संघीय लिम्बुवान सामाजिक मञ्च युएईका अध्यक्ष भिम अधिकारीले आउँदो एक वर्षको लागि भावि कार्ययोजना बनाएर युएई संगठनलाई युएईमा रहेका विभिन्न संघ–संस्थाहरु सँग आपसी सम्बन्ध अझ मजबुत बनाउदै, बैचारिक गतिविधिहरु थप सशक्त रुपमा अघि बढाउने योजना सहितको भावि कार्ययोजना अध्यक्ष भिम अधिकारीले प्रस्तुत गरेका थिए।

त्यस्तै संगठनले गरेका राजनैतिक तथा सांगठानिक कार्यहरु, सामाजिक र व्यक्तिगत उद्धार तथा सहयोग लगायत सम्पन्न कार्यक्रमहरु समेटिएको वार्षिक प्रतिवेदन महासचिव भुमी इधिङ्गो लिम्बूले प्रस्तुत गरेकी थिइन्। कोषाध्यक्ष मनिषा खाम्दाक ईङ्गाषाले एक बर्ष अवधीमा संगठनले गरेको आर्थिक क्रियाकलाप समेटिएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष बिक्रम पंधाक मिसाम सँगै संगठनका प्रमुख संरक्षक, संरक्षक, सल्लाहकार, अल ऐन क्षेत्रिय समिति, संगठनका पुर्व पदाधिकारी र सदस्यहरु, किरात याक्थुङ चुम्लुङ युएई, ताप्लेजुङ समाज सेवा समिति युएई, थुप्पोको थेबे लिम्बू समाज युएई, किरात धर्म तथा साहित्य उत्थान संघ युएई, युमा साम्यो महासभा युएई, याक्थुङ सयङ सङ्जुम्भो अबुधाबी युएई लगायतका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

सो अवसरमा केन्द्रीय सदस्यहरु निर्मला मेन्याङ्बो नुमाफुङ, सन्जा लिम्बू, हिरा बिक नुमा र सुबाषचन्द्र श्रेष्ठलाई उत्कृष्ट सदस्यको रुपमा सम्मानित गरिएको थियो। कार्यक्रममा सबैभन्दा धेरै अतिथि सहभागि गराउने संघीय लिम्बुवान सामाजिक मञ्च युएईकी केन्द्रीय सदस्य निर्मला मेन्याङ्बो नुमापÞmुङुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। त्यस्तै नव नियुक्त केन्द्रीय सदस्य सिक्कुम तुम्बापोलाई प्रमाण पत्र हस्तान्तरण गरि स्वागत गरिएको थियो।

कार्यक्रम संघीय लिम्बुवान सामाजिक मञ्च यूएईका अध्यक्ष भिम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको महासचिव भूमी इधिङ्गो लिम्बूले बताइन्।