Advertisement Ad

Advertisement Ad

सिटिजन लाइफ ताप्लेजुङ शाखाद्वारा वार्षिकोत्सवको अवसरमा सुत्केरी आमाहरुलाई सिरक प्रदान

५ कार्तिक २०८१, ताप्लेजुङ। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी ताप्लेजुङ शाखाले आफ्नो सातौँ वार्सिकोत्सवको अवसरमा सुरु गरेको सप्ताह व्यापी कार्यक्रम शुभारम्भ गरेको छ।

कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा यस वर्ष पनि कात्तिक २ गतेदेखि कात्तिक ९ गतेसम्म प्रधान कार्यालय लगायत कम्पनीका विभिन्न जिल्ला शाखामा एक सातासम्म विभिन्न संस्थागत समाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रम गर्दै आइरकोमा ताप्लेजुङ शाखाले पनि कात्तिक २ गतेबाट मनाउन शुरु गरेको हो।

शाखाले यस वर्ष भने विशेष प्राथमिक्तामा सुत्केरी महिलाहरुलाई राखेर आइतबार जिल्ला शाखा कार्यालय फुङलिङमा १० जना सुत्केरी महिलाहरुलाई जाडो मौसमलाई लक्षित गरि न्यानो सिरक वितरण गरेको शाखा प्रमुख सर्मिला खतिवडाले जानकारी दिइन्।

प्रचलित कानुन, निति, नियम एवम् नियमनकारी निकायबाट जारी निर्देशनहरुको परिपालन गर्दै र बिमा प्राधिकरणको मार्गदर्शन अनुरुप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यवसायिक लक्ष्य हाँसिल गर्न व्यवस्थापन कटिवद्ध रहेको र सोका लागि कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउदै जाने पनि जनाएको छ ।

सुत्केरी आमाहरुले न्यानो सिरक पाएपछि खुसी हुँदै धन्यबाद व्यक्त गरे।