Advertisement Ad

पूर्बेली टिकटक परिवारद्वारा गायिका तिर्सना नेम्बाङ सम्मानित

Advertisement Ad

४ कार्तिक २०८१, पाँचथर। पूर्बेली टिकटक परिवारले मासिक प्रतिभा सम्मान कार्यक्रम अन्तर्गत दोस्रो मासिक प्रतिभा सम्मान कार्यक्रमबाट पालाम गायिक तिर्सना नेम्बाङलाई सम्मान गरेको छ।

फक्ताङलुङ आइडल, सिजन–२ का बिजेता गायिका नेम्बाङलाई सम्मान–पत्र र नगद दश हजार रुपैंयाँ सहित सम्मान गरिएको हो। लिम्बू तथा नेपाली लोक गायन क्षेत्रमा योगदान पुर्याउने कलाकार तथा साहित्यकारहरुलाई पूर्बेली टिकटक परिवारले मासिक रुपमा सम्मान गर्दै आएको छ। यसअघि पहिलो मासिक सम्मानबाट भूटानकी गायिका सोमु थेगिम सम्मानित भइसकेका छन्।

पहिलो प्रतिभा सम्मान कार्यक्रमको प्रायोजन धनकुटाको छथरजोरपाटी गाउपालिका–२ ताङखुवा घर भई हालः कोरियामा रहेका सुनिल निर्दोषी पारघरीले गरेका थिए। दोस्रो मासिक प्रतिभा सम्मान कार्यक्रमको प्रायोजन इलामको माङसेबुङ गाउँपालिका घर भई हालः कोरियामा रहेका प्रकाश नेम्बाङले गरेका थिए।

पूर्बेली टिकटक परिपारले आयोजना गरेको दोस्रो मासिक प्रतिभा सम्मान कार्यक्रममा सम्मानित गायिका तिर्सना नेम्बाङ सँगै गायिका निरन्ता नेम्बाङ, सोमु थेगिम, छथर जोरपाटी गाउपालिका–४ तेलिया धनकुटा हालः साउदी अरबबाट कमल आङला, पाँचथर हालः दुबईबाट समिर केरुङले गीत प्रस्तुत गरेका थिए। त्यस्तै पाँचथर हालः कोरियामा रहेका मिस्टेक अन्जान लिम्बुले याक्थुङ (लिम्बू) गजल र पाँचथर हालः काठमाडौमा रहेका कला लिम्बू चेम्जोङले नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रम फक्ताङलुङ आइडल, सिजन–१ का बिजेता रबिकिरण मादेनको प्रमुख आतिथ्यता तथा पूर्बेली लोक गायक इन्द्र शुसील चोङबाङको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो।

मौलिक कला र प्रतिभाहरुको प्रबद्र्धन गर्ने उदेश्यले मासिक प्रतिभा सम्मान कार्यक्रम सुरुवात गरिएको पुर्वेली टिकटक परिवारका व्यवस्थापक सुनिल निर्दोषी पारघरीले बताए।