Advertisement Ad

याङवरक–४ थर्पु क्याम्पस मोडमा खुला पूरुष फुटबल तथा अन्तर पालिका स्तरीय भलिवल प्रगियोगिता हुँदै

Advertisement Ad

इवारा जबेगु लिम्बू

४ कार्तिक २०८१, पाँचथर। जिल्लाको याङवरक गाउँपालिका–४ थर्पुस्थित क्याम्पस मोडमा लाग्दै आएको दिपावली मेलाको अवसरमा यसपल्ट पनि फुटवल तथा अन्तर पालिका स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ।

क्याम्पस मोड स्पोर्टिङ क्लवको आयोजनामा थर्पु क्याम्पसको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ। वलिहाङ तङनाम (शुभ दिपावली) को अवशरमा खुल्ला पुरुष फुटबल साथै अन्तर पालिका स्तरीय भलिवल प्रतियोगिता हुने क्याम्पस मोड स्पोर्टिङ क्लव तथा दिपावली मेला व्यावस्थापन समिति अध्यक्ष सन्तोष काम्बाङले बताए।

प्रतियोगिता कात्तिक १४ गतेदेखि २० गतेसम्म सञ्चालन हुनेछ प्रतियोगितामा फुटबलतर्फको विजेताले नगद १ लाख २० हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उपविजेता हुने टिमले नगद ७० हजार रुपैंयाँ सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। फुटबल खेलको फाइनल खेल कात्र्तिक २० गते हुनेछ।

त्यस्तै भलिबल तर्फको विजेताले नगद ७० हजार रुपैिंयाँ, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उपविजेता हुने टिमले नगद ४० हजार रुपैंयाँ, मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष काम्बाङले बताए। भलिबल खेलको फाइनल खेल कात्र्तिक १९ गते हुनेछ।

कात्तिक १९गते चर्चित कलाकारहरुको साथमा साँस्कृतिक कार्यक्रमको पनि आयोजना हुने आयोजकले जनाएको छ।