Advertisement Ad

Advertisement Ad

१४० औँ फाल्गुनन्द जन्मजयन्तीको अवसरमा पाँचथरको सिलौटीमा चासोक मेला लाग्दै

इवारा जबेगु लिम्बू

१३ कार्तिक २०८१, पाँचथर। जिल्लाको फाल्गुनन्द गाउँपालिका–२ सिलौटीमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १४० औँ जन्मजयन्तीको अवसरमा खुुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता हुने भएको छ।

साङ्सेन हाङ्साम माङ्हिम सेवा समितिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो। राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १४० औँ जन्मजयन्तीको अवसरमा खुुल्ला पुरुष फुटबल प्रतियोगिता साथै २५ गते धार्मिक प्रवचन हुने समितिका उपाध्यक्ष दिपक नेम्बाङले बताए।

प्रतियोगिता कार्तिक २० गते देखि २५ गतेसम्म हुने छ । प्रतियोगिताको विजेता टिमले नगद रु.६० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता हुने टिमले नगद रु.३० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका उपाध्यक्ष नेम्बाङले बताए।

कार्यक्रमको समापनका दिन साँस्कृतिक कार्यक्रम पनि हुने बताइएको छ।