१२ कार्तिक, २०८१ पाँचथर | फिदिम नगरपालिकाले लक्षित वर्गलाई मध्यनजर गर्दै नयाँ एम्बुलेन्स खरिद गरेको छ |
प्रशुती अवस्थामा रहेका आमाहरु, स्वास्थ्य अवस्था नाजुक भएका र गम्भिर चोटपटक लागेका विरामीहरुलाई लक्षित गरी फिदिम नगरपालिकाले एम्बुलेन्स खरिद गरेको हो । तत्कालै स्वास्थ्य समस्यामा परेका नागरिकलाई स्वास्थ्य संस्था सम्म पुर्याउनको लागि राजश्व छुटमा खरिद गरिएको एम्बुलेन्स फिदिम नगरपालिका आइपुगेको छ ।
निश्चित उमेर माथिका जेष्ठ नागरिक, प्रसुती अवस्थामा रहेका महिलाहरु, अपांग, अशक्त, विपन्न भएका नागरिहरुलाई भाँडामा विशेष छुटको सुविधा प्रदान गरीने फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्लेले बताउनुभयो | नगरले एम्बुलेन्स संचालन सम्वन्धी कार्यविधी तयारी गरी एम्बुलेन्स सेवा संचालन गरिने काफ्लेले बताउनुभयो ।