Advertisement Ad

किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया, जेजू दो शाखाको चौंथो अधिवेशन सम्पन्न, अध्यक्षमा सुष्मा नाल्बो

Advertisement Ad

११ कार्तिक २०८१, दक्षिण कोरिया। किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया, जेजू दो शाखाको चौंथो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सुष्मा नाल्बोको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको निर्वाचन मण्डल संयोजक सुमन हाङस्रोङले बताए।

अधिवेशनको बन्द शत्रले उपाध्यक्षमा विकास खेवा, अशोक लाओती, वीरु खापुङ, सचिव शैलेन तुम्बापो, कोषाध्यक्ष नारायण मादेन र सह–कोषाध्यक्षमा वशन्ती लाओतीलाई निर्वाचित गरेको निर्वाचन मण्डलका सदस्य शुभद्रा पालुङवाले बताइन्। त्यस्तै नव निर्वाचित कार्य समिति सदस्यमा विनय तुम्बापो, गौरव नुगो, सन्तोष नेम्बाङ, होमिट मेयाङबो, शुभचन्द्र निङलेकु र दीपेश केदेम रहेका निर्वाचन मण्डल सदस्य तथा कियाचु दक्षिण कोरिया, केन्द्रीय उपाध्यक्ष अर्जुन तुम्बापोले बताए।

२४ अक्टोवरका दिन जेजू–सि शहरस्थित केयूसिटी सभाहलमा सम्पन्न अधिवेशनको उद्घाटन प्रमुख अतिथि, किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाका महासचिव बिनोद साउदेन लगायतका अतिथिहरुले गरेका थिए।

उद्घाटन समारोहमा प्रमुख अतिथि साउदेनसँगै नेपाल आदिवासी जनजाति महासंघ, जेजू दो शाखा अध्यक्ष गजिन हाङस्रोङ, एनआरएनए जेजू दो अध्यक्ष गोकुल शर्मा, कियाचु जेजू दो शाखा सल्लाहकार तथा केन्द्रीय सदस्य सुमन हेम्ब्या, नेपाल तामाङ घेदुङ जेजू दो शाखा अध्यक्ष सुनिता तामाङ, नेपाल मगर संघ जेजू दो शाखा अध्यक्ष दिल बहादुर मगर, किरात राई यायोक्खा जेजू दो शाखाका प्रतिनिधि सञ्जय राई, व्यवसायी धर्मराज गौतम र किराया जेजू दो शाखा संरक्षक सरु राई लगायतले शुभकामना मन्तव्य राखेका थिए।

अधिवेशन किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया, जेजू दो शाखाका निवर्तमान अध्यक्ष नवीन थोक्लेनको अध्यक्षतामा सम्पन्न भएको थियो। कियाचु जेजू दो शाखालाई आगामी दिनमा जेजू दो मा रहेका याक्थुङ (लिम्बू)हरुलाई संगठित गर्ने, याक्थुङ (लिम्बू)हरुको भाषा, लिपी, कला, संस्कृति र अधिकार सुनिश्चितताका लागि थप सशक्त बनाउदै आपसी सद्भाव र सहिष्णुताप्रतिको भावनालाई बलियो बनाउने कार्यक्रम थप क्रियाशील बनाउने नवनिर्वाचित अध्यक्ष नाल्बोले बताइन्।

तस्विरहरुः अर्जुन तुम्बापो