रामचन्द्र तामाङ
१० कार्तिक २०८१, पाँचथर। नेपाल तरुण दल पाँचथरले स्थापना दिवसको अवसरमा सातौं तरुण गोल्डकपको आयोजना गरेको छ ।
अन्तर पालिकास्तरीय फुटबल प्रतियोगितामा जिल्लाका ८ वटै पालिकाले सहभागिता जनाउनेछ । गोल्डकपका बिजेताले नगद १ लाख १ सय ७२ रुपैयाँ प्राप्त गर्नेछ भने उपबिजेताले नगद ५१ हजार १ सय ७२ रुपैयाँ प्राप्त गर्ने तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले जानकारी दिए ।
फिदिम मा.विकाे खेलमैदानमा कात्तिक १० गते शनिवार देखि सुरु हुने प्रतियोगिता कार्तिक १३ सम्म चल्नेछ । प्रतियोगितमा शनिबार दुई खेल हुनेछ । पहिलो खेल कुम्मायक गाउँपालिका र याङवरक गाउँपालिका तथा दोस्रो खेल फिदिम नगरपालिका र फालेलुङ गाउँपालिका बीच हुने अध्यक्ष लामाले बताए। तरुण दल पाँचथरले आफ्नो स्थापना दिवशको अवसरमा गोल्डकप सञ्चालन गर्दै आएको छ।