अर्जुन तुम्बापो
१९ कार्तिक २०८१, दक्षिण कोरिया। किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाको १३ औं महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनले बिनोद सौदेनको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ।
नव निर्वाचित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा मनोज मादेम्बा, उपाध्यक्षहरुमा बिरेन लिङदेन, माङ्सालुङमा तुम्बापो, दुर्गा चेम्जोङ माबोहाङ, बिराज येक्तेन, डम्बर केदेम, सरोज योङहाङ र रमेश लक्सम निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा हर्क सुब्बा चेम्जोङ, सचिव डिबी योङहाङ, सहसचिव उत्तम कुमार लिम्बू, कोषाध्यक्ष बिरेन खेवा लिम्बू र सहकोषाध्यक्ष राजन सौदेन निर्वाचित भएका छन्।
दसस्यहरुमा समिर योङहाङ, मणि संयङ लिम्बू, रणबहादुर आङदेम्बे, सागर खजुम, रुपेश पालुङवा, चन्द्र लिम्बू, श्रीहाङ इधिङ्गो, धिरेन लिङ्ज्याङ, बुद्धिबल लिम्बू, प्रकाश सौदेन, दिल कुमार लिम्बू, रिस्ता सौदेन, सिर्जना नेम्बाङ र रचना सौदेन निर्वाचित भएका निर्वाचन मण्डल संयोजक शम्सेर पन्धाकले बताए।
महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि, नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाका अध्यक्ष विशन राईसँगै दक्षिण कोरियामा क्रियाशील विभिन्न जातीय तथा अन्य सामाजिक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना दिएका थिए।
किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियालाई सामाजिक कार्य सँगै याक्थुङ (लिम्बू)हरुको भाषा, लिपी, कला, संस्कृतिको संरक्षण एवं अधिकारी प्राप्तीका लागि सधैं क्रियाशील राख्ने नव निर्वाचित अध्यक्ष सौदेनले प्रतिबद्धता व्यक्त गरेका छन्।
महाधिवेशन किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाका निवर्तमान अध्यक्ष दीर्ज काङ्भा लिम्बूको अध्यक्षतामा सम्पन्न भएको थियो।