Advertisement Ad

Advertisement Ad

अन्तरवार्तामा पास गराउने भन्दै रकम असुली गर्नेबाट सावधान रहन नेपाल प्रहरीको आग्रह

१० मंसिर २०८१, विराटनगर। नेपाल प्रहरीले अन्तरवार्तामा पास गराउने भन्दै रकम असुली गर्नेहरुबाट सावधान रहन अनुरोध गरेको छ।

नेपाल प्रहरीले एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो। ‘२६ गते प्रहरी जवान पदको विज्ञापन भई लोक सेवा आयोगबाट परीक्षा सञ्चालन भएकोमा मंसिर १ गते लिखित परिक्षाको नतिजा प्रकाशन भएको व्यहोरा सबैमा विदित नै छ । निकट भविष्यमा हुन गइरहेको अन्तरवार्ता परीक्षामा उत्तीर्ण गराइदिने प्रलोभन देखाई विभिन्न व्यक्तिको नाम लिई रकम माग गर्ने, उठाउने कार्य भइरहेको भन्ने जानकारी प्राप्त हुन आएको हुँदा त्यस तर्फ सचेत रहन सबैलाई अनुरोध छ।’ जारी सूचनामा उल्लेख छ ।

साथै त्यसरी रकम माग गरि ठगि गर्ने व्यक्तिहरु उपर कानून बमोजिम कारवाही गर्ने समेत प्रहरीले जनाएको छ। यस्ता गतिविधि कतै भए प्रहरीमा जानकारी गराउन समेत नेपाल प्रहरीले अनुरोध गरेको छ।