१० मंसिर २०८१, पाँचथर। सदरमुकाम फिदिमस्थित गणेशमान सिंह सामुदायिक हस्पिटलले सोमबारदेखि विशेष छुटमा शरीरमा राखिएका स्टील, रड, प्लेट, प्लेट निकाल्ने शल्यक्रिया सेवा सुरु गरेको छ।
विविध कारणले लामो समयदेखि शरीरमा राखिएका स्टील, रड, प्लेट निकाल्न नसकेकाहरुका लागि विशेष छुटमा यो सेवा सञ्चालन गरिएको हस्पिटलले जनाएको छ। मंसिर १० गते सोमबारदेखि प्रारम्भ भएको यो सेवा मंसिर २० गतेसम्म दिइने हस्पिटलले जनाएको छ।
शल्यक्रिया निशुल्क गरिनेछ भने शल्यक्रियापूर्व गरिने जाँच, लाग्ने औषधी खर्च, बेहोसी खर्च र अस्पताल भर्ना खर्च भने सम्बन्धीत व्यक्तिले व्यहोनुपर्ने गणेशमान सिं सामुदायिक अस्पताल सञ्चालक समितिका अध्यक्ष सन्तोष श्रेष्ठले बताए।
दश दिनसम्म हाडजोर्नी नशा तथा बाथरोग विशेषज्ञ डा.देउमान लिम्बू, वरिष्ठ एनेस्थेसियोलोजिष्ट डा.गणेश वन र जनरल प्राक्टिस एण्ड इमजरजेन्सी मेडिसिन डा.बिनय कुमार शाहको सेवा उपलब्ध हुनेछ।
