Advertisement Ad

Advertisement Ad

नारागेन् चइत् पालामको म्यूजिक भिडियो सार्वजनिक

१० मंसिर २०८१, पाँचथर। गायक मान लिम्बू र गायिका भीमा चेम्जोङद्वारा स्वरबद्ध नारागेन् चइत् पालामको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ।

पाँचथरको फालेलुङस्थित सिद्धदेवी माध्यमिक विद्यालयको सभाहलमा आयोजित समारोहमा सो पालामको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो। सो अवसरमा म्यूजिक भिडियोमा अभिनय गर्ने १२ जना कलाकारहरुलाई सम्मान गरिएको छ। कलाकारहरु सञ्चमान ताम्लिङ, आइतहाङ चोम्बाङ, शान्ति सुब्बा, नुमा अनुसा नेयोङ, मिरा फियाक, गीता नेम्बाङ, सुरेन शिशिर केरुङ, नाम्हाङ चोङ्बाङ, रजनी हाङसरुम्बा, पूर्ण चोङ्बाङ, केहेरमान चोङ्बाङ र दिलकुमार चोङ्वाङलाई सम्मान गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि, फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरबिक्रम थाम्सुहाङले कला, संस्कृति समाज र राष्ट्रको चिनारी भएकाले यसको संरक्षणमा सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने बताए। भिडियो बिमोचनकै अवसर पारेर सिद्धदेवी माविले गत दिपावलीमा आयोजना गरेको देउसीभैलो नाचको भिडियो पनि सार्वजनिक गरेको थियो।

फालेलुङ वाङ्मय प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता फालेलुङ वाङ्मय प्रतिष्ठानका अध्यक्ष सुरेन शिशिर केरुङले गरेका थिए।