Advertisement Ad

Advertisement Ad

‘ग्लो रियस’ द्वारा सौन्दर्य सामाग्री सार्वजनिक

मंसिर २०८१, विराटनगर।  पूर्वमा पहिलो पटकग्लो रियसले सौन्दर्य सामाग्री सार्वजनिक गरेको छ। शुक्रबार विराटनरमा एक कार्यक्रमको आयोजना गरी  ग्लो रियसले  सौन्दर्य सामाग्री लन्च गरेको हो।

छालाको हेरचाहको लागि भिटामिनसि, सिरम, फेसवास, सन्सक्रिम, मस्चराइजर, नाइट क्रिम  लगायतको सामाग्री बजारमा ल्याएको छ। कपालको हेरचाहको लागि स्याम्पु कन्डिसनर रहेको  ग्लो रियस कम्पिनीकी प्रोग्राम संयोजक रसिला बुढाथोकीले जानकारी दिइन्।

कम्पनिले उत्पादन गरेको सामाग्री बोसो रहित   बनस्पतिबाट बनाइएको कारणले केमिकल रहित रहेको  उनको भनाई छ। त्यसो यो कम्पनिबाट उत्पादन भएको सामाग्री पुरुषले पनि अनलाई मार्फत माग गर्ने गरेको महिला पुरुषको छालामा प्रयोग गर्न मिल्ने उनको दाबि छ।

तबसुम व्युटि पार्लर ईन्टिच्युटकी प्रोप्राइटर एवंम्  ग्लो रियसकी  कोशी प्रदेश डिलर  सयदा तबसुमले आफूले पनि पहिलो पटक प्रयोग  गरेको यो कम्पनिबाट उत्पादन गरिएको सामाग्रीले  राम्रो प्रतिक्रिया पाएकाले विराटनगरबाट लन्च गरिएको बताउछिन्।

सहाभागिको तर्फबाट नाबुनकी विराटनगर अध्यक्ष भलि सुब्बाले सौन्दर्यकर्मी प्रोडक्टको सम्बन्ध नङ मासुको जस्तै भएको बताइन्।  प्रोडक्ट राम्रो भए आफूहरुले पनि विक्री वितरणलाई एउटा रफ्तारमा लान सकिने उनको भनाई छ।