Advertisement Ad

वाइसीएल नेपालको मिक्लाजुङ गाउँपालिका स्तरीय भेला सम्पन्न

Advertisement Ad

१६ मंसिर २०८१, पाँचथर। जिल्लाको मिक्लाजुङ गाउँपालिकामा योङ कम्युनिष्ट लिग (वाइसीएल) नेपालको पालिका स्तरीय भेला सम्पन्न भएको छ।

भेलाले ओम माखिमको संयोजकत्वमा २३ सदस्यीय समिति गठन गरेको छ। समितिको सह–संयोजकमा होम खड्का, सुरज योङहाङ र राजन राई चयन भएका छन्।

नेकपा (माओवादी केन्द्र)का प्रदेश सचिवालय सदस्य तथा पाँचथर जिल्ला सह इन्चार्ज दिनेश लाओतीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले समिति गठन गरेको हो।

भेलामा प्रदेश सचिवालय सदस्य शंखरध्वज नेम्बाङ, प्रदेश सदस्य एवंम् मिक्लाजुङ गाउँपालिकाका जननिर्वाचित अध्यक्ष अमरराज माखिम, पार्टीका मिक्लाजुङ गाउँपालिका अध्यक्ष अविशन लाओती लगायतको उपस्थितिमा भेला सम्पन्न भएको वाइसीएल नेपाल पाँचथरका अध्यक्ष गणेश तुम्रोकले बताए।