Advertisement Ad

Advertisement Ad

पाँचथरमा इलेक्ट्रोनिक सरकारी खरीद (ई–जीपी) प्रणाली सम्बन्धी तालिम

१६ मंसिर २०८१, पाँचथर। सदरमुकाम फिदिममा Eectronic government procurement (E-GP) system phase II तालिम सम्पन्न भएको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँचथरको आयोजना एवंम् नेपाल निर्माण व्यवसायी महासंघ पाँचथरको व्यवस्थापनमा भएको तालिम शनिबार सम्पन्न भएको हो। तालिममा ५० जनाको सहभागिता रहेको नेपाल निर्माण व्यावसायी महासंघ पाँचथरका महासचिव दिपेन योक्पाङदेनले बताए।

तालिममा कार्यालयका कर्मचारी र निर्माण व्यवसायीहरुको सहभागिता रहेको थियो। तालिमको सहजिकरण सार्वजनिक खरिद अनुगमन कार्यलयका निर्देशक इन्द्र प्रसाद मैनाली र आईटि हेड निर्मल लामाले गरेको गरेका थिए।

तालिको उद्घाटन फिदिम नगरपालिकाका नगर प्रमुख मित्र प्रसाद काफ्लेले गरेका थिए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारि विष्णु प्रसाद कोईराला, नेपाल निर्माण व्यावसाय महासंघका केन्द्रीय महासचिब रोसन दाहाल लगायतको उपस्थिति रहेको थियो।