१५ मंसिर २०८१, झापा। याक्थुङ मुन्चइत चोक् सयङ (लिम्बू चलचित्रकर्मी संघ) प्रदेश–१ को अधिवेशन शनिबार झापाको दमकमा सम्पन्न भएको छ।
अधिवेशनले भुपेन्द्र लिम्बु तुम्बाहाम्फेको अध्यक्षतामा प्रदेश कार्यसमिति निर्वाचित गरेको छ। कार्यसमितिको उपाध्यक्षमा दिलु सुब्बा (सुनसरी), कुशल थलङ (ताप्लेजुङ), बबिन सुब्बा आङदेम्बे (झापा), मुख्यसचिव नुनाम केरुङ (पाँचथर), सचिव मिना नेम्बाङ (झापा), सुरज लिम्बु जबेगु (झापा), कर्मीला आङ्देम्बे (इलाम) र कोषाध्यक्ष दुर्गा तुम्सा (धनकुटा) निर्वाचित भएका छन्।
सदस्यहरुमा चन्द्र कुमारी तुम्सा (झापा), बुद्धराज फोम्बो (झापा), चन्द्र फुरुम्बो (ताप्लेजुङ) चन्द्रकला साँवा (झापा) दिलिपकुमार योङहाङ (झापा), संगीत आङ्खेवा (झापा), रवी किरण मादेन (तेह्रथुम), प्रमिता फियाक (झापा), गीता नेम्बाङ (झापा), अप्सरा बोखिम (झापा) मिना कुमारी मादेम्बा (सुनसरी), गंगा कन्दङवा (झापा), बिक्रम येक्तेन (सुनसरी), आकाश लावती (झापा), हिमाल लिम्बु (झापा), मदन वनेम (सुनसरी), डीबी लिम्बु (मोरङ), जीवन केदेम (ताप्लेजुङ), सुनिता थक्सु (मोरङ) निर्वाचित भएका छन्।
त्यस्तै किशोर सम्बाहाम्फे, सानुबाबा सुब्बा, अप्सरा शेर्मा, वनेम विक्रम फागो र हरिराज खिम्दिङलाई सल्लाहकार चयन गरिएको छ।
नव निर्वाचित कार्य समितिलाई याक्थुङ मुन्चइत चोक सयङका केन्द्रीय अध्यक्ष सागर केरुङले बधाई तथा शुभकामना दिएका थिए।
अधिवेशनले दमक घोषणापत्र समेत जारी गरेको छ। घोषणापत्रः
– प्रदेश नं. १ मा ‘लिम्बुवा किरात चलचित्र विकास बोर्ड’ स्थापना गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।
– लिम्बुवान क्षेत्रका विभिन्न फिल्म हलहरुमा लिम्बु चलचित्र प्रदर्शनार्थ मनोरञ्जनको नाममा लिइने विभिन्न करहरु छुट गर्न नेपाल सरकार र स्थानीय सरकारसँग जोडदार माग गर्दछौं ।
– प्रदेश नं. १ मा गैरकानूनी रुपमा चलचित्र निर्माण र प्रदर्शन भइरहेकोले उक्त चलचित्रकर्मीहरुलाई निश्चित दायरामा ल्याउन सरकारसँग माग गर्दछौं ।
– प्रदेश नं. १ लाई गोत्रीय नामाकरण गरेर ऐतिहासिक भूमिमाथि गरिएको अपमान बिरुद्ध भइरहेको ‘कोशी खारेजी’ आन्दोलनलाई थप सशक्त बनाउन रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।
– वर्तमान चलचित्र विकास बोर्डले आदिवासी जनजाति मातृभाषी चलचित्र प्रबर्द्धन समितिमा राजनैतिक नियुक्ति गर्न खोजेको प्रक्रियाको सशक्त बिरोध गर्दछौं। नेपाल आदिवासी जनजाति चलचित्र महासंघको समन्वयमा सबै जातिहरुको समानुपातिक प्रतिनिधित्व हुने गरी आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति गठन गरियोस भन्ने जोडदार माग गर्दछौं । प्रबर्द्धन समितिमा राजनैतिक नियुक्ति गरे त्यस्ता समितिहरुको सशक्त बहिस्कार गर्दछौं ।
– लिम्बुवान क्षेत्रको मुक्कुमलुङ, फक्ताङलुङ, सेसेलुङ, चम्जङलुङ लगायत विभिन्न ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवंम् याक्थुङ समुदायको शक्तिपिठहरुमा नवउपनिवेशवादीहरुद्वारा भइरहेको सांस्कृतिक अतिक्रमण बिरुद्ध सशक्त प्रतिकार गर्ने उद्घोष गर्दछौं ।
– याक्थुङ मुन्चइत अक्षयकोषलाई सहयोग पुग्ने गरी वालिहाङ तङनाममा लालिङगेत् नाम्लिङ्गेत् अभियान सञ्चालन गरि आर्थिक संकलन गर्ने, विभिन्न आदिवासी चलचित्रहरुको प्रदर्शन गर्ने ।
– याक्थुङ मुन्चइत चोक सयङको स्थापना दिवस साउन ३० लाई सभ्यभब्य रुपमा आयोजना गरि विविध कार्यक्रमहरु आयोजना गर्ने ।
२०८१ साल मंसिर १५ गते
गोरखा डिपार्टमेन्ट, दमक झापा