१७ मंसिर २०८१, तेह्रथुम। लालीगुराँस नगरपालिका–८ को वडा अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र तेयुङ लिम्बू निर्वाचित भएका छन्।
आइतबार सम्पन्न उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार निकटम प्रतिद्धन्दी नेकपा एमालेका बुद्धबहादुर तेयुङ लिम्बूलाई ८० मतले पराजीत गर्दै लिम्बू वडा अध्यक्षमा निर्वाचित भएका हुन्। वडा अध्यक्ष निर्वाचित नगेन्द्र तेयुङ लिम्बूले ४ सय ४० मत प्राप्त गर्दा निकटम प्रतिद्धन्दी नेकपा एमालेका बुद्धबहादुर तेयुङ लिम्बूले ३ सय ६० मत प्राप्त गरे।
राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्न बहादुर श्रीपालीले ३८, नेकपा माओवादी केन्द्रका कुमार विश्वकर्माले २६, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्न बहादुर श्रीपालीले ४, राष्ट्रिय स्वतन्त्र पार्टीका सञ्जीव खड्काले ३८ र स्वतन्त्र उम्मेद्वार वशन्त लिम्बूले ३० र नेकपा एकीकृत समाजवादी पार्टीका प्रेमबहादुर खड्काले २ मत प्राप्त गरेका मूख्य निर्वाचन अधिकृत भीम निरौलले जानकारी दिए।
१४ सय ३१ मतदाता रहेको उक्त वडामा ९ सय २३ जना अर्थात् ६२.३२ प्रतिशतले मतदान गरेका थिए। २०७९ को स्थानीय तह निर्वाचनबाट वडा अध्यक्ष निर्वाचित नेपाली कांग्रेसका तेजमान लिम्बुको २०८० साल चैत २९ गते निधन भएपछि लालीगुराँस–८ मा वडा अध्यक्ष पदका लागि उपनिर्वाचन भएको हो।
