१७ मंसिर २०८१, ताप्लेजुङ। सिरिजंगा गाउँपालिका–३ को वडाध्यक्षमा नेकपा एमालेकी कुमारी सावादेन निर्वाचित भएकी छन्।
निकटतम प्रतिद्वन्दी नेकपा (माओवादी केन्द्र)का अम्बी साउदेनलाई १ सय २ मतले पराजीत गरेर सावादेन वडा अध्यक्ष निर्वाचित भएकी हुन्। उनले ३ सय ५३ मत प्राप्त गर्दा माओवादीका अम्बीले २ सय ५१ मत प्राप्त गरे।
नेपाली कांग्रेसका भिम लक्सम्बा लिम्बूले २ सय १८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र काङ्भा लिम्बूले ५४, राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेलले ७ मत प्राप्त गरेका छन्। यसअघि वडाअध्यक्ष जितेको नेपाली कांग्रेस उपनिर्वाचनमा तेस्रो मात्र बन्यो।
यो जितसँगै ६१ वडा रहेको ताप्लेजुङमा कुमारी एकमात्र महिला वडाध्यक्ष बनेकी छिन्।
