२२ मंसिर २०८१, पाँचथर। याक्थुङ (लिम्बू) थरगत संस्थाहरुको प्रथम याङ्वरक थुम मेला शनिबार जिल्लाको याङवरक गाउँपालिका–४ मेदिबुङमा सम्पन्न भएको छ।
याक्थुङ (लिम्बू) थरगत सहजीकरण समुह याङवरक थुमको आयोजनामा याङवरक थुममा निर्वाचित जनप्रतिनिधिलाई सम्मान एवंम् थुम समिति गठन गर्दै सम्पन्न भएको हो। याङवरक थुम स्थित याक्थुङ (लिम्बू) थरगत संस्थाहरुको सहभागिता रहेको भेलामा २ पालिका अध्यक्ष, २ पालिका उपाध्यक्ष र १७ वडा सदस्यलाई सम्मान गरिएको हो।
सम्मानित हुने जनप्रतिनिधिहरुमा पाँचथरको याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङया ९सुबास०, उपाध्यक्ष बाबा मेन्याङबो रहेका छन्। यसै गरी, ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका अध्यक्ष केशर कुमार सुब्बा, सिरिजंगा गाउँपालिकाका उपाध्यक्ष डा।चीत्रकुमार माबो रहेका छन्।
सम्मानित हुने वडा अध्यक्षहरुमा पाँचथरको याङवरक गाउँपालिका वडा नं। २ का अध्यक्ष देउकुमार योङहाङ, वडा नं। ४ का अध्यक्ष सबिनकुमार माबो र वडा नं। ६ का अमृतबहादुर योङहाङ रहेका छन्। यसै गरी, हिलिहाङ गाउँपालिका वडा नं। १ का अध्यक्ष सन्तोष लिङदेन, वडा नं। २ का अध्यक्ष भिम प्रसाद हेम्ब्या, वडा नं। ३ अध्यक्ष बिरेन्द्रकुमार योङहाङ, वडा नं। ५ का अध्यक्ष बिर्खबहादुर सुहाङ, वडा नं। ६ का अध्यक्ष गणेशप्रसाद योङहाङ, वडा नं। ७ का अध्यक्ष धनकुमार लिम्बू रहेका छन्।
सम्मान पाउने ताप्लेजुङका वडाअध्यक्षहरुमा सिरिजङगा गाउँपालिका वडा नं। १ का अध्यक्ष श्री दिलप्रसाद बोखिम, वडा नं। ६ का अध्यक्ष सुक्रराज लिम्बू रहेका छन्। सिदिङबा गाउँपालिका वडा नं। २ का अध्यक्ष पुर्णकुमार माङमु, वडा नं। ४ का अध्यक्ष पुर्णकुमार लिम्बू, वडा नं। ५ का अध्यक्ष अम्वरबहादुर लिम्बू र वडा नं। ६ का अध्यक्ष रत्नकुमार लिङदेन रहेका छन्। यसै गरी, पाथिभरा याङ्वरक गाउँपालिका वडा नं। २ का अध्यक्ष बलुराम मेन्याङबो र वडा नं। ४ का अध्यक्ष बलबहादुर लिम्बू लाई समेत सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ।
सम्मानित जनप्रतिनिधिहरुलाई कार्यक्रमका प्रमुख अतिथि, लेखक, पूर्वमन्त्री एवंम् संविधानसभा सदस्य श्रीप्रसाद जबेगु र कार्यक्रमका अध्यक्ष, संविधानसभा सदस्य विश्वदिप लिङदेनले सम्मानपत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जबेगुले हाम्रो भूमीको संरक्षणसँगै हाम्रो मौलिकता र संस्कृति पुस्तान्तरणमा पनि ध्यान दिनुपर्ने विचार राखे। याक्थुङ (लिम्बू) थरगत सहजीकरण समूहका संयोजक नन्द कन्दङवाले भूमी सहितका हकअधिकार प्राप्तीका लागि एकताबद्ध भएर लाग्नुपर्ने बताए। कार्यक्रममा नेपाली कांग्रेस पाँचथरका सभापति रुपनारायण जबेगु, नेकपा एमालेका पाँचथरका अध्यक्ष बिष्णु सापकोटा (बिमल), नेकपा (माओवादी केन्द्र) पाँचथरका संयोजक बिषाल रसाइली लगायतले विचार व्यक्त गरेका थिए।
याक्थुङ (लिम्बू) थरगत सहजीकरण समूहको याङवरक थुम समिति गठन
भेलाले याक्थुङ (लिम्बू) थरगत सहजीकरण समूहको याङवरक थुम समिति गठन गरेको छ। विश्वदिप लिङदेनको संयोजकत्वमा समिति गठन भएको हो। समितिको सह–संयोजकमा मचिन्द्र प्रसाद बेघा चयन भएका छन्। सदस्यमा जीवन ताम्लिङ, महेन्द्र सेलिङ, तारा हेम्ब्या र सबिन माबो रहेका छन्। थुमको नसमेटिएका भूगोलका प्रतिनिधिरुलाई मनोनयन गरी समितिलाई पूर्णता दिईने नव गठिन समितिका सदस्य सविन माबोले जानकारी दिए। यस पछि पालिका स्तरमा समेत भेला र समिति गठन गरिने सदस्य माबोले जानकारी दिए।
प्रथम याङवरक थुम भेला संयोजक विश्वदिप लिङदेनको अध्यक्षतामा सम्पन्न भएको थियो।
