Advertisement Ad

Advertisement Ad

नेपाल तमाङ घेदुङ संघ जेजु दो शाखा, दक्षिण कोरियाद्वारा क्यान्सर पीडित गायिका गोलेलाई आर्थिक सहयोग

अर्जुन तुम्बापो

२५ मंसिर २०८१, दक्षिण कोरिया। नेपाल तामाङ घेदुङ संघ, जेजु दो शाखा, दक्षिण कोरियाले क्यान्सर रोगसँग लडिरहेकी नेपाली लोक संगीत तथा तामाङ सेलो गीत–संगीतका वरिष्ठ तथा सदाबहार गायिका इन्दिरा गोलेलाई आर्थिक सहायता प्रदान गरेको छ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिका–५, भारदेउमा जन्मिएका गायिका गोले विगत दुई वर्षदेखि क्यान्सर रोगसँग लडिरहेकी छिन्। हालः उनी ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचाररत छिन्। नेपाल तामाङ कलाकार संघका संस्थापक उपाध्यक्ष, पूर्व अध्यक्ष एवं बर्तमान सल्लाहकार, म्हेन्दोला फोले फाउण्डेशनका कार्यसमिति सदस्य समेत रहेका गोलेलाई नेपाल तामाङ कलाकार संघका सचिव योगेश लामाले सो सहयोग हस्तान्तरण गरेका थिए।

गायिका गोलेको जीवन रक्षाका लागि नेपाल तामाङ कलाकार संघको संयोजकत्वमा अन्य संस्था म्हेन्दोला फोले फाउण्डेशन र तामाङ डाजाङ संयोजन सदस्य रहने गरी संयुक्त रूपमा ‘गायिका इन्दिरा गोले बचाउ अभियान’ सुरू गरेको हो। अभियान मार्फत गायिका गोलेको जीवनरक्षा गर्दै पुनः सांगीतिक यात्रामा फर्काउनका लागि देश तथा बिदेशमा रहेका संघ–संस्था र व्यक्तिहरुलाई सहयोगका लागि अपिल गरिएको छ।

गायिका गोलेको जीवन रक्षाका लागि सहयोग गर्न सबैलाई अपिल गर्दै सहयोग गर्ने सबैलाई नेपाल तामाङ घेदुङ संघ, जेजु दो शाखा, दक्षिण कोरियाका अध्यक्ष सुनिता ब्लोनले बताए।