२५ मंसिर २०८१, हङकङ। राष्ट्रिय महिला फुटबलका कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापोको फुटबल मोह र संघर्षका विषयवस्तुमा केन्द्रीत नेपाली चलचित्र ‘अञ्जिला’ हङकङमा भव्यताकासाथ प्रदर्शन सम्पन्न भएको छ।
युन लङस्थित थ्गभल यिलन त्जभबतचभ ब्गमष्तयचष्गm मा भएको प्रदर्शनमा निर्देशक मिलन चाम्स र चलचित्रकी मुख्य पात्र एञ्जिला तुम्बापो स्वयं उपस्थित थिए। हङकङमा पाभीभरा ग्रुपले प्रदर्शन गरेको यस चलचित्रबाट जम्मा हुन आएको सबै रकम एञ्जिलाको घर निर्माण अभियानलाई हस्तान्तरण गर्ने कुरा संस्थाका सल्लाहकार कालसिंह राईले बताए।
अञ्जिला फाउण्डेसन हाउस आर्थिक समिति हङकङका संयोजक ग्राण्डमास्टर/समाजसेवी तथा सफल व्यवसायी रविनकुमार नाल्बोका अनुसार ‘अञ्जिला फाउण्डेशन हाउस’द्धारा ‘अञ्जिला हाउस’ बन्ने योजना रहेको र उक्त योजनाअनुसार हङकङमा रहेका नेपालीहरुले सहयोग रकम संकल गर्न सुरु गरेका हुन् । हङकङ समितिको सचिवमा हाङ चेम्जोङ र कोषाध्यक्षमा श्याम इङ्नाम र सदस्यमा शेरबहादुर लक्सम्बा रहेका छन् ।
यस्तै, महिला संयोजक सदस्यहरूमा रामकुमारी हाङस्रोङ, शान्ता वनेम,पूर्णिमा राई रहेका छन् । समितिका सल्लाहकारहरुमा विष्णुकुमार थेबे, त्रिभुवन लुम्फुङ्वा, हेमराज अन्छङ्बो, शमशेर तुम्बाहाम्फे रहेका छन् ।
नाल्बोका अनुसार घर निर्माणका लागि हङकङबाट अहिलेसम्म २८ लाख १८ हजार संकलन गरिएको छ । जसअनुसार संयोजक नविनकुमार नाल्बो ५ लाख ५ हजार, विष्णुमार थेबेले नेपाली ६ लाख, भुपेन/गीता लिम्बु जबेगु २ लाख ७० हजार, पबि बान्तावा १ लाख १८ हजार, त्रिभुवन लुम्फुङ्वा १ लाख, मौसम इम्बुङ (फुःलेन्देको बुबा) १ लाख १ हजार, टंक राना १ लाख, चौविसे समाज १ लाख, याक्थुङ आर्टिस्ट सोसाइटी ६० हजार, भिमप्रसाद तुम्बाहाम्फे ५१ हजार, हाङबारे ५१ हजार, पृथ्वि इङ्नाम ५१ हजार, श्याम इङ्नाम ५१ हजार, भीम सिंगक ५१ हजार, हेमराज अन्छङ्बो ५१ हजार, प्रकाश तुम्बाहाम्फे ५१ हजार, अर्जुन पाहिम ५१ हजार, नन्दु चङ्सु ५१ हजार, पूर्णीमा राई ५० हजार, हाङ चेम्जोङ ५० हजार, सुकु नाल्बो ५० हजार, गंगा माबो ५० हजार, रामकुमारी हाङस्रोङ ५० हजार, मिना हुक्पा चोङबाङ ५० हजार, शिवचन्द्र लुङ्फुङ्वा ५० हजार र भुपाल अन्छङ्बोद्धारा ५० हजार गरी उक्त रकम संकलन भएको हो ।
यसै सन्दर्भमा एञ्जिलाले आफूले गरेको संघर्षलाई सम्झँदै उक्त घरलाई फुटबल एकेडेमिकको रुपमा स्थापना गरी फुटबलमा समर्पित हुने आगामी महिला पुस्तालाई सहयोग गर्ने बताइन्। यस चलचित्र प्रदर्शनको प्रमुख अतिथि तथा इलाम समाज हङकङका अध्यक्ष वसन्त ९विपिन० राईले इलामेली चेली एञ्जिलाको घर निर्माण अभियानलाई सहयोग गर्न थप अपिल गरे।
चलचित्र समग्रमा उत्कृष्ट बनेको र एञ्जिलाले फुटबलका लागि गरेको संघर्षको कथा पर्दामा चलचित्रको रुपमा हेरिरहँदा दर्शकहरूको आँखामा रसाएको थियो।
नेपालमा प्रदर्शन हुन अगाडि युके, अमेरिका, अस्ट्रेलिया, र जापानमा चलचित्रको प्रदर्शनी हुने निर्माता प्रेम कुमार श्रेष्ठले बताए । नेपालमा भने यो चलचित्रको रिलिज मिति फागुन २९ गते तोकिएको छ ।
चलचित्रमा एञ्जिला आफैं मुख्य भूमिकामा छिन् भने सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन् ।


