२९ मंसिर २०८१, काठमाडौं। नेपाल पत्रकार महासंघ न्यूज २४ प्रतिष्ठान शाखा अध्यक्षमा कृष्ण कुमार कन्दङवा निर्विरोध निर्वाचित भएका छन्।
प्रतिष्ठान शाखा सदस्यहरुको सर्वसहमति अनुसार कन्दङवाको नेतृत्वमा ११ सदस्यीय समिति नै निर्विरोध निर्वाचित भएको हो।
प्रतिष्ठान शाखाको उपाध्यक्षमा केशव निरौला, महिला उपाध्यक्ष अनुला महर्जन, सचिव बिना पौडेल, सहसचिव बिनोद बजगाईँ र कोषाध्यक्षमा नन्दश्याम महर्जन निर्विरोध भएका छन्।
यस्तै, सदस्यहरुमा मदन सापकोटा, विद्या बस्नेत, बिरेन्द्र जैरु, कान्छा डंगोल र उपेन्द्र शाही निर्वाचित भएका छन्।
सबै पदमा आवश्यक बाहेक अन्य कसैको पनि उम्मेदवारी नपरेको र कसैको दाबी नपरेको हुँदा निर्विरोध निर्वाचित घोषणा गरिएको निर्वाचन समिति संयोजक नवराज चालिसेले जानकारी दिए।

