Advertisement Ad

Advertisement Ad

सर्वोकृष्ट अवार्ड बिजेता चलचित्र ‘चे’ १६ फेब्रुअरीमा युएइमा प्रदर्सन हुँदै

काठमाडौ – २७ मंसिर २०८१ बिहीवार ।
लिम्बू कथानक चलचित्र ‘चे’ युएइमा प्रदर्शन हुने भएको छ । १६ फेब्रुअरी २०२५ मा युएइस्थित बरदुबइमा नेपाल आदिवासी जनजाति महासंघ युएइको आयोजनामा प्रदर्शन गरिने महासंघका अध्यक्ष बिक्रम लिम्बुले बताएका छन । याक्थुङ फिल्म्सले निर्माण गरेको चलचित्र ‘चे’को सागर केरुङ्ले लेखन निर्देशन गरेका हुन । एफ एल एफ अवार्ड २०२४ र याक्थुङ सिने अवार्ड २०८१ मा सर्वोकृष्ट अवार्ड जितेको ‘चे’ लिम्बुहरु आन्तरिक र बाह्यरुपमा कसरी चे/लास भईरहेका छन् ? भन्ने कथा हो अर्थात् लासको कथामाथि बनाइएको चलचित्र हो । आधुनिक विकासको नाममा सांस्कृतिक सम्पदा भत्काउने र जोगाउने विचको द्वन्दात्मक कथालाई चलचित्रको मुख्य विषय बनाइएको छ । चलचित्रले  आधुनिक विकासको नाममा भत्काईरहेको याक्थुङ आदिवासीहरुको समाधिस्थलहरु सकिएपछि  याक्थुङ समुदायमा चे/लासनै प्रमुख समस्याकोरुपमा उभिएको संकेत गर्छ । काठमाडौबाट प्रदर्शन सुरु गरेको चलचित्र ‘चे’ संसारभरी प्रदर्शनको क्रममा रहेको निर्माण पक्षले जनाएको छ । सागर केरुङ, इन्दु फोम्बो र सबु लिम्बू थाम्सुहाङ निर्माता रहेको चलचित्रलाई पान्थरको विभिन्न ठाउँहरुमा छायांकन गरिएको छ । युबराज राइको छायांकन, मोनि ताम्लिङ, इन्दु फोम्बो र नोगेन लिम्बुको स्वर, बुद्धराज लिम्बुको संगीत, अमृता जबेगुको शृङ्गार, पर्शु लिम्बुको सम्पादन, मोनि ताम्लिङ्को पार्श्व संगीत रहेको चलचित्रमा बिमला खजुम, यासेली योङ्हाङ, निशाम तुम्बापो, भवेन्द्र थाम्सुहाङ, रत्ना लिङ्देन लावती, चन्द्रकला साँवा, राजु घिमिरे, उदय बेघा लगायतको अभिनय रहेकोछ ।
भिडियो : https://youtu.be/fs6GDBKXpw8?si=46gZC9pW6_Vi-8NT