२७ मंसिर २०८१, पाँचथर। नेपाल पत्रकार महासंघ पाँचथर शाखामा सर्वसम्मत नेतृत्व चयन भएको छ।
युनियन–चौतारी गठबन्धन विरुद्ध उम्मेद्वारी मनोनयन गरेका प्रेस सेन्टर नेपालका उम्मेद्वारले बिहीबार उम्मेद्वारी फिर्ता लिएपछि जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको हो।
यो सँगै महासंघ पाँचथरको अध्यक्षमा भीम कुमार बाँस्कोटा निर्वाचित भएका छन्। सात पदाधिकारीमध्ये युनियनले अध्यक्ष सहित दुबै उपाध्यक्ष र कोषाध्यक्ष लिएको छ। जस अनुसार खुल्ला उपाध्यक्षमा सरोज शर्मा, महिला उपाध्यक्षमा राधा लुइँटेल र कोषाध्यक्षमा युबेन्द्रबिक्रम जबेगु निर्वाचित भएका हुन्।
सचिव र दुबै सहसचिव चौतारीको भागमा परेको छ। चौतारीको तर्फबाट सचिव रबिन्द्र काफ्ले, खुल्ला सहसचिव रमेश थापा र समावेशी सहसचिव दुर्गा खनाल निर्वाचित भएका छन्।
सात कार्यसमिति सदस्यमध्ये खुल्ला सदस्य युनियनका कमल घिमिरे, कुमार खड्का र कृष्ण दुलाल निर्वाचित भएका छन् भने समाजवादी प्रेस संगठनका सुरज भण्डारी पनि खुल्ला सदस्यमा निर्वाचित भएका छन्। एक खुल्ला सदस्यका लागि भने उम्मेद्वारी नपरेको निर्वाचन मण्डलका सदस्य मंगल बेघाले बताए। महिला सदस्यमा चौतारीका इवारा जबेगु, आदिवासी जनजाति सदस्यमा चौतारीका मौसम सम्बाहाम्फे र दलित सदस्यमा चौतारीकै चिरण विश्वकर्मा निर्वाचित भए।
चार प्रदेश परिषद सदस्यमा चौतारीका बिपुल अधिकारी र युनियनका दीपक बोहोरा, गजेन्द्र तुम्बापो र शर्मिला मुखिया निर्वाचित भए। तीन केन्द्रीय परिषद सदस्यमा चौतारीका नारायण तुम्बापो र युनियनका सीता बुढाथोकी निर्वाचित भए।
जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएपछि शुक्रबार हुने निर्वाचनमा केन्द्र र प्रदेश समिति उम्मेद्वारका लागि मात्र मतदान हुने निर्वाचन मण्डल सदस्य बेघाले जानकारी दिए।

