Advertisement Ad

Advertisement Ad

लुङरुपा आयुर्वेद औषधालयको नवनिर्मित भवन उद्घाटन

८ भदौ, २०८१ पाँचथर | फिदिम १३ लुङरुपामा लुङरुपा आयुर्वेद औषधालयको नवनिर्मित भवनको उद्घान गरिएको छ |

आइतवार फिदिम नगरपालिकाको प्रमुख मित्रप्रसाद काफ्लेले रिवन काटेर भवनको उद्घाटन गरेका हुन | लामो समयदेखि संस्थागत भवन विना सेवा दिदै आएको लुङरुपा आयुर्वेद औषधालयले आइतवारदेखि शुविधा सम्पन्न भवनबाट सेवा दिन थालेको छ | स्थानिय समुदायको आवश्यकतालाई मध्यनजर गर्दै फिदिम नगरपालिकाले एम्बुलेन्सको समेत व्यवस्था गरेको छ |

उद्घाटन कार्यक्रम फिदिम नगरपालिकाको प्रमुख मित्रप्रसाद काफ्ले, उपप्रमुख राधाकृष्ण न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत कुमार प्रसाद भट्टराई, फिदिम ८, १३ र १४ नम्बर वडाका वडाध्यक्ष र स्थानियको उपस्थितिमा सम्पन्न भएको थियो