८ भदौ, २०८१ पाँचथर | पाँचथर जिल्लामा आयोजित प्रथम राष्ट्रिय चासोक बुद्धिचाल रेटिङ खेल प्रतियोगितामा ललितपुरका रुपेस जैसवाल प्रथम भएका छन्।
जैसवालले नौ राउण्डको खेलमा ८ अंक जोडेका थिए। झापाका सुश्री दाहालले ७.५ अंक ल्याएर दोस्रो स्थान हासिल गरे भने खोटाङका धिरेन राईले ७ अंकसहित तेस्रो स्थानमा रहे।
तीनै विजेताले क्रमशः ३० हजार, २५ हजार, र १८ हजार नगद पुरस्कारसहित मेडल, ट्रफी, र प्रमाणपत्र प्राप्त गरेका छन्।
चौथो स्थानमा दमकका राजन सुवेदीले १४ हजार नगद, मेडल, र प्रमाणपत्र पाए भने पाँचौं स्थानमा काठमाडौंका नविन तन्दुकारले १२ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे। धरानका चूडामणि राई छैटौं, दमकका प्रकाश चन्द नेपाल सातौं, दमककै कृश अधिकारी आठौं, विराटनगरका उमेश राई नवौं, र दमकका सुमन श्रेष्ठ दशौं भएका छन्। उनीहरूले क्रमशः १० हजार, ८ हजार, र ७ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।


