Advertisement Ad

Advertisement Ad

फाल्गुनन्द गोल्डकपः आज मछिन्द्र फुटवल क्लव र न्यु स्टार क्लव, सुनसरी बीच प्रतिस्पर्धा हुँदै

९ पुस २०८१, पाँचथर। ११औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता अन्तरगत आज (मंगलवार) दोश्रो क्वाटरफाइनल खेल हुँदैछ।

प्रतियोगिताको सेमीफाइनल प्रवेशका लागि आज आज मछिन्द्र फुटवल क्लव र न्यु स्टार क्लव, सुनसरी बीच प्रतिस्पर्धा प्रतिस्पर्धा हुँदैछ। खेल फिदिम माविको खेलमैदानमा दिउँसो दुई बजेदेखि सुरु हुने आयोजक संस्थाका अध्यक्ष दीपेन्द्र थापा मगरले बताए।

पुस १५ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद दश लाख ५५५ रुपैंयाँ र उपविजेताले नगद पाँच लाख ५५५ रुपैंयाँ प्राप्त गर्नेछ।