१४ पुस २०८१, पाँचथर। फिदिम नगरकार्यपालिका सदस्य तथा फिदिम नगरपालिका–६ का वडा सदस्य कामना राईले आफ्नो जन्मदिनको अवसरमा फिदिम–६ मगरगाउँ स्थित काफलबोटे आधारभूत विद्यालयलाई सहयोग गरेकी छन्।
आइतबार आफ्नो जन्मदिनको अवसर पारेर राईले विद्यालयलाई व्यक्तिगत रुपमा १३ हजार रुपैंयाँ र सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेकी हुन्। कार्यपालिका सदस्य राईले विद्यालयमै पुगेर सहयोग रकम र शैक्षिक सामग्री प्रदान गरेकी हुन्।
गत वर्षाद्को अबिरल वर्षा र पहीरोले क्षति पुर्याएको विद्यालयलाई सानो सहयोग गरेको राईले बताइन्। फिदिम नगरपालिका–६ कावडाध्यक्ष बिपन तुम्रोक लगायतको उसस्थितिमा कार्यपालिका सदस्य राईले सो सहयोग हस्तान्तरण गरेका हुन्।
वर्षाद्को पहीरोले विद्यालय भवनमा पूर्ण रुपमा क्षति पुर्याएपछि हालः टहरामा पठनपाठन भइरहेको स्थानीय समाजसेवी शेर बहादुर सारु (रोशन) ले बताए। विद्यालय र विद्यार्थीलाई सहयोग गर्ने कार्यपालिका सदस्य राईलाई विद्यालयले धन्यवाद दिएको छ।


