८ माघ २०८१, पाँचथर। नेकपा (माओवादी केन्द्र) याङवरक गाउँपालिका कमिटिको अध्यक्षमा सूर्यमान बेघा निर्वाचित भएका छन्।
याङवरक गाउँपालिका– १ स्थित च्याङथापुमा आइतबार सम्पन्न माओवादी केन्द्रको दोस्रो पालिका सम्मेलनवाट बेघाको अध्यक्षता ३७सदस्यीय पालिका कमिटि निर्वाचित भएको हो। निर्वाचित पालिका कमिटिको उपाध्यक्षमा तेजकुमार राई, रणबहादुर गुरुङ र शान्तिलक्सम, सचिव योगेन्द्र बेघा, सहसचिव राजु राई र कोषाध्यक्ष अशोक राई निर्वाचित भएका हुन्।
पालिका कमिटिमा ३० जना सदस्यहरु निर्वाचित गरिएको अध्यक्ष बेघाले जानकारी दिए। क्षेत्र, लिङ्ग र समुदाय मिलाएर सदस्यहरु निर्वाचित गरिएको उनले जानकारी दिए।
सम्मेलनको उद्घाटन सत्रलाई प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा पाँचथर इन्चार्ज सीता थेबे, जिल्ला कमिटिका संयोजक विशाल रसाईली, स्थानीय राजनीतिक दलका नेता सहितका अथितिहरुले सम्बोधन गरेका थिए ।
