Advertisement Ad

Advertisement Ad

लिम्बुवानको एकदिने राजनैतिक प्रशिक्षण सम्पन्न

पाँचथर – ८ माघ २०८१ मंगलबार ।
संलोराम, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपालले एक दिने राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार फिदिमस्थित जिल्ला पार्टी कार्यालयमा सम्पन्न भएको हो । पार्टीका संघीय सचिव लावाहाङ चेम्जोङ र सहसचिव सागर केरुले  लिम्बुवान आन्दोलनको समसामयिक बिषयमामाथी सहजीकरण गरेका थिए । संघीय लिम्बुवान मञ्च नेपालले कोशी खारेजी आन्दोलन र लिम्बुवान आन्दोलनलाई थप सशक्त बनाउन प्रशिक्षण आयोजना गरिएको कार्यवाहक जिल्ला अध्यक्ष भानुभक्त फियाकले बताए ।