Advertisement Ad

Advertisement Ad

संघीय लिम्बुवान मञ्चको पाँचौ अधिवेशनका लागि अधिवेशन आयोजक समिती गठन, संयोजकमा भानुभक्त फियाक

पाँचथर – ८ माघ २०८१ मंगलबार ।
संलोराम, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपालको पाँचौ जिल्ला अधिवेशन आगामी चैत मसान्तमा हुने भएको छ । मंगलबार जिल्ला बैठक बसि सो निर्णय गरेको हो । पाँचौँ जिल्ला अधिवेशनका लागि भानुभक्त फियाकको अध्यक्षतामा २९ सदस्यीय अधिवेशन आयोजक समिती गठन गरेको छ । अधिवेशन आयोजक समितिको सहसंयोजकमा जितेन चेम्जोङ, योगेन्द्र राई, हर्कजङ लिङ्देन, भिमप्रसाद नेम्बाङ, सदस्य सचीवमा डिल्ली लावति
र नुनामकेरुङ, अर्थ संयोजक – सुरेन्द्र सेवाँलाई जिम्मेवारी तोकिएको छ । सदस्यहरुमा प्रकाश अधिकारी, अमिर लिम्बू, नरबहादुर हेम्ब्या
पुर्णिमा राई, रबिन्द्र नेम्बाङ, इन्द्रबहादुर तुम्बापो, कर्णबहादुर काम्बाङ, टीका राई इसिता, महेन्द्र हाङ्सरुम्बा, भक्त नेम्बाङ, दीपाहाङमा राई, सम्योकहाङ सिगु, गणेश नेम्बाङ, खगेन्द्र सम्बाहाम्फे, सन्तोस नेम्बाङ, लोकमान सेर्मा, भगिराज चेम्जोङ, मचिन्द्र नेम्बाङ, भिम माङमु, सन्तोस हाङ्सरुम्बा
र समीक्षा तुम्बापो यवा रहेका छन ।