Advertisement Ad

Advertisement Ad

पाँचथरमा आठ हजार नौ सय ५२ किशोरीलाई एचपिभी खोप दिइदै

१६ माघ २०८१, पाँचथर। जिल्लाका आठ हजार नौ सय ५२ किशोरीलाई पाठेघरको मुखको क्यान्सर गराउने ह्यूमन प्यापिलोमा भाइरस विरुद्धको एभपिभी खोप दिइने भएको छ।

जिल्लामा माघ २२ गतेदेखि फागुन ७ गतेसम्म एचपिभी खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख राजेश मिश्रले बताए। विद्यालय उमेर समूहका कक्षा–६ देखि कक्षा–१० सम्म अध्ययनरत तथा विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई एचपिभी खोप दिइने जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवाला सहभागि अभिमुखीकरण कार्यक्रममा जानकारी दिइएको छ।

जिल्लामा याङवरक गाउँपालिकाका आठ सय ६०, हिलिहाङका नौ सय ५४, फालेलुङमा नौ सय ८१, फिदिम नगरपालिकाका दुई हजार आठ सय दुई, फाल्गुनन्द गाउँपालिकाका एक हजार एक सय ७३, कुम्मायकका छ सय पाँच, मिक्लाजुङका एक हजार ३७ र तुम्बेवाका पाँच सय ४० जना किशोरीलाई खोप लगाउने तयारी गरिएको छ।

विद्यालय बाहिरका १० देखि १४ बर्ष उमेर समूहका किशोरीहरुले विद्यालय वा तोकिएको खोप केन्द्रमा गएर जन्मदर्ताको आधारमा खोप लगाउन सक्नेछन्। जिल्लामा विद्यालय र स्वास्थ्य संस्थाहरु मार्फत् खोप दिइदैछ। एचपिभी खोप लगाएपछि १५ वर्षसम्म पाठेघरको मुखको क्यान्सर हुने जोखिम नहुने स्वास्थ्यकर्मीहरुले बताएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्युएचओ) ले प्रमाणित गरेको यो खोप पूर्णतः सुरक्षित रहेको बताइएको छ।

एच.पि.भी.खोपबारे थप जान्नुहोस्ः