काठमाडौ – १७ माघ २०८१ बिहिवार ।
याक्थुङ मुन्चइत चोक सयङ (Yakthung Film Maker Assocation) हङ्कङ्को प्रथम अधिवेशन सम्पन्न भएको छ । बुधबार हङ्कङस्थित किरात याक्थुङ चुम्लुङ्को कार्यलयमा भएको भेलाले चलचित्र निर्माता रविन कुमार नाल्बोको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । वरिष्ठ उपाध्यक्ष भवेन्द्र थाम्सुहाङ, उपाध्यक्ष भिमप्रसाद तुम्बाहाङ्फे, महासचिव हाङ चेम्जोङ, सचिव सुक्मिता केरुङ, कोषाध्यक्ष संगीता लावति, रहेका छन भने सदस्यहरुमा, जानु काम्बाङ, हेम राज ङ्छन्बो, मनुता काम्बाङ, टिका माखिम, सन्जु लिम्बु, प्रकाश आङ्बुहाङ, यमुना नेम्बाङ चेम्जोङ, सुकु स्याम्याङ्खाम, गंगा मादेन निर्वाचित भएका छन भने विष्णु कुमार थेबे हस्त लिबाङ, हेमन्त कृष्ण पन्धाक, रमेश सिंगकलाई सल्लाहकारमा मनोनयन गरिएको कार्यक्रम संयोजक मौसम इम्बुङ्ले बताए । किरात याक्थुङ चुम्लुङ हङ्कङ्का अध्यक्ष सम्सेर तुम्बाहाङ्फेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुन्धुम अध्ययन प्रतिस्ठान अध्यक्ष भुपेन्द्र चेम्जोङ, याक्थुङ हाक्पारे पालाम सयङ अध्यक्ष त्रिभुवन लुङ्फुङ्वा, याक्थुङ आर्टिस सोसाइटि हङ्कङ प्रतिनिधि हेम राज अङ्छङ्बो लगायतले शुभकामना व्यक्त गरेका थिए ।
