१९ माघ २०८१, पाँचथर। नेपाल मगर संघ, फिदिम–६ सिवाको पाँचौं अधिवेशन शुक्रबार सम्पन्न भएको छ।
अधिवेशनले लोकेन्द्र सारु (सानुकान्छा) को अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा कामना (राई) मगर, सचिव जीवन सारु मगर, सहसचिव मोति बहादुर केप्छाकी मगर र कोषाध्यक्षमा जस्ता कुमारी राना मगर निर्वाचित भएका छन्।
त्यस्तै सदस्यमा राम कुमार राना मगर, टिकामाया आले मगर, भक्त बहादुर आले मगर, टिकाराम सारु, रेनुका लामिछाने मगर र डम्बरसिं आले मगर निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक भिम बहादुर केप्छाकी मगरले बताए।
अधिवेशनको उद्घाटन समारोह नेपाल मगर संघका प्रदेश सचिव लोकेन्द्र लामिछाने मगरको प्रमुख आतिथ्यता तथा जिल्ला सचिव प्रेम केप्छाकी मगरको विशिष्ठ आतिथ्यता एवम् फिदिम–६ का निवर्तमान अध्यक्ष चन्द्रवीर केप्छाकी मगरको अध्यक्षतामा सम्पन्न भएको शेर बहादुर सारु (रोशन)ले बताएका छन्।
