Advertisement Ad

Advertisement Ad

नेपाल तामाङ घेदुङ, जेजुदो शाखा दक्षिण कोरियाद्वारा आपतकालीन राहतकोष स्थापनार्थ साँस्कृतिक कार्यक्रम

अर्जुन तुम्बापो

३० जनवरी, जेजुदो (दक्षिण कोरिया)। नेपाल तामाङ घेदुङ, जेजुदो शाखा दक्षिण कोरियाको आयोजनामा तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछारको अवसरमा आपतकालिन राहतकोष स्थापनार्थ साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

जनवरी ३० को दिन ‘तामाङ भाषा, कला, संस्कार, संस्कृतिको प्रवद्र्धन गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक होऔं।’ भन्ने मूल नाराकासाथ कार्यक्रम सम्पन्न भएको हो। मौलिक साँस्कृतिक तथा सांगीतिक प्रस्तुतिमा कार्यक्रममा अतिथि र उपस्थित सहभागी झुमेका थिए।

कार्यक्रममा नेपालबाट आमन्त्रित संगीतकार तथा गायक विश्व दोङ, आश्मान लोप्चन र सुरेश लामाले सांगीतिक प्रस्तुति दिएर सहभागीलाई मनोरञ्जन दिलाएका थिए। दक्षिण कोरियामै रहेका गायिका रिचा ब्लोन र नृत्यमा प्रतिज्ञा लामा, सुनिल तामाङ, अनिश तामाङ, मिकीला कार्की, पूजा राउद, मिलनजंग केसी, प्रमिला तामाङ, मेवाङ तामाङ, सपना ठकुरी, अमृता घिसिङ, ममता मगर, पुनम तामाङ, इतिमाया तामाङ, सुनिता तामाङ लगायतको डम्फु नाचको प्रस्तुतीले माहोल तताएको थियो।

कार्यक्रममा प्रमुख अतिथि, नेपाल तामाङ घेदुङ, दक्षिण कोरिया केन्द्र सउलका सचिव निर योञ्जन सहित अन्य अतिथिले सोनाम ल्होछारको शुभकामना दिँदै प्रवाशी भूमीमा रहेर सामाजिक कार्यका लागि मौलिक संस्कृति जगेर्नाको सन्देश सहितको कार्यक्रम आयोजना गर्ने नेपाल तामाङ घेदुङ, जेजुदो शाखाको प्रशंसा गरे।

कार्यक्रममा विशेष अतिथि नेपाल तामाङ घेदुङ अन्तराष्ट्रिय परिषद् सचिव शुभराज बोम्जन तामाङ, घेदुङ ख्यासङनाम्दो बूसान शाखा अध्यक्ष सोम योन्जन तामाङ, आदिबासी जनजाति महासंघ जेजुदो शाखा उपाध्यक्ष सरु राई, गैर आवासीय नेपाली रास्ट्रिय समन्वय परिषद् जेजुदो निवर्तमान अध्यक्ष सुमन हाङस्रोङ, आदिबासी जनजाति महासंघ जेजुदो शाखा संरक्षक तथा सुम्हात्लुङ टाइम्स प्रबन्धक अर्जुन तुम्बापो, किरात याक्थुङ चुम्लुङ जेजुदो शाखा अध्यक्ष सुष्मा नाल्बो, नेपाल मगर संघ जेजुदो शाखा अध्यक्ष दिल बहादुर मगर, किरात राई यायोक्खा जेजुदो शाखा अध्यक्ष कोपिल राई लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम नेपाल तामाङ घेदुङ, जेजुदो शाखा दक्षिण कोरियाका अध्यक्ष सुनिता ब्लोनको अध्यक्षतामा सम्पन्न भएको थियो।