Advertisement Ad

Advertisement Ad

फिदिम ७ का विभिन्न विद्यालयमा विविध कार्यक्रमका साथ सरस्वति पुजा मनाइयो

रामप्रसाद बास्कोटा २१ माघ, २०८१ पाँचथर | विद्या की देवी सरस्वती माताको  पूजा आरधना सहित विभिन्न कार्यक्रम गरेर फिदिम ७ का विभिन्न विद्यालयहरुले सोमवार सरस्वति पुजा मनाएका छन |                                                

पुजाको अवसरमा अरनिको आधारभूत विद्यालय फिदिम -७ हाम्फाबुङ ले सरस्वती पूजा तथा ३५ औं बार्षिक उत्सव तथा सम्मान कार्यक्रम गरी मनाएको छ। फिदिम नगर पालिकाका प्रमूख मित्र प्रसाद काफलेको प्रमुख आतिथ्यता एवं नगर उप प्रमूख राधाकृष्ण न्यौपानेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो |

कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष स्व. लोकनाथ बाँस्कोटा, संस्थापक सदस्य एवं जग्गादाता तथा पूर्व अध्यक्ष स्व. उदय बहादूर नेम्बाङ र विद्यालयलाइ खानेपानीको मुहान उपलब्ध गराउने स्व. टेकनाथ बाँस्कोटा, पूर्व अध्यक्ष स्व . दलवहादुर राई, नेत्र प्रसाद बाँस्कोटा  लाइ मरणोपरान्त सम्मान पत्र ले सम्मान गरिएको थियो। यसै गरी विद्यालयका पूर्व अध्यक्ष गंगा बहादुर थेवे, संस्थापक प्रअ रमेश पोखरेल, पूर्व शिक्षकहरु पूर्ण बहादुर गुरुङ , सुरेन्द्र न्यौपाने , कौसिला खनाल, मुक्क्तीराज रेग्मी, रुपेन्द्र बुडाथोकी, फणिन्द खनाल, बलभद्र आचार्य, लाइ समेत सम्मान गरिएको थियो | यसैगरी  चन्दादाता, असल अभिभावक  लगायतका विद्यालय लाई सहयोग गर्ने दाता सहित  २८ जना व्यक्ति हरुलाई  सम्मान गरिएको थियो |

कार्यक्रममा स्थानीय समाजसेवी हाल अमेरीकामा रहनु भएका सुरेन्द्र थेगिमको सौजन्यमा विद्यालयमा अध्ययनरत ६८ जना विद्यार्थीहरुलाई स्कूल झोला, न्यानो कपडा, स्टेशनरी सामाग्री    वितरण गरिएको विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद न्यौपानेले जानकारी दिए । सोही अवसरमा दलवहादूर धमलाले विद्यालयमा अध्ययनरत विद्यार्थी हरुका लागी १ सय थान कपी र डटपेन वितरण गरेका थिए । विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नगर प्रमूख मित्र प्रसाद कार्यक्रम, उप प्रमुख राधाकृष्ण न्यौपाने , वडा अध्यक्ष रुपेन्द्र तामाङ, पूर्व वडा सदस्य उपेन्द्र बाँस्कोटा , पन्चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक राम प्रसाद बाँस्कोटा लगायतले शुभ कामना दिए |

कार्यक्रममा फिदिम नगर पालिका वडा नं-७ का वडा सदस्य भीमा कुमारी दुलाल बाँस्कोटा , बलबहादुर राई, मन्जु धमला, सगरमाथा आविका प्रधानाध्यापक रत्नकुमार गुरुङ, प्रगतिसिल आविका प्रधानाध्यापक कैलास गुरुङ, रानीटार मा.वि. शिक्षक देवेन्द्र बाँस्कोटा लगायतको  उपस्थिती रहेको थियो |                  

यसैगरी पञ्चकन्या आधारभूत विद्यालय फिदिम ७ माक्लुम्वा र कालिका आधारभूत विद्यालय नाङ्लपामा पनि सोमवार विहान सरस्वती पूजा कार्यक्रम सम्पन्न भएको  छ |