२१ माघ, २०८१ पाँचथर | फिदिममा महिलालाई बुटिक भर्ने १५ दिने तालिम सम्पन्न भएको छ |
फिदिम १ को वडा कार्यलयमा माघ ७ गतेदेखि सुरु भएको तालिम सोमवार समापन गरिएको हो | तालिममा फिदिम नगरपालिकाको १४ वटै वडाका प्रतिनिधिमुलक २२ महिलाहरुलाई सहभागि गराइएको तालिम आयोजक संस्थाका अध्यक्ष लक्ष्मी नेम्बाङले बताइन | १५ दिने तालिमबाट सहभागिले बुटिक सम्बन्धि आधारभूत सिप सिकेको नेम्बाङले बताइन | स्वरोजगार बन्न तालिम निकै महत्वपुर्ण भएको सहभागिहरुको भनाइ थियो |
तालिमको समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित फिदिम नगर उपप्रमुख राधाकृष्ण न्यौपानेले तालिमबाट सिकेको सिपलाई ब्यवहारमा लागु गरि स्वावलम्बी बन्न सहभागि महिलाहरुलाई सुझाए | फिदिम नगरपालिका स्थानिय उत्पादनलाइ प्रवर्द्वन गर्ने उदेश्यका साथ अघि बढिरहेकाले यस्ता सिपमुलक तालिमहरुमा बिशेष लगानी गरिरहेको न्यौपानेले बताए |
कार्यक्रममा फिदिम १ का वडाध्यक्ष गजाधार भट्टराई, फिदिम नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सर्मिला खापुङ लगायतको उपस्थिति रहेको थियो |
फिदिम नगरपालिकाको लगानी रहेको तालिम लक्ष्मी सिप बिकास तालिम संचालन सेन्टरले आयोजना गरेको थियो |


