काठमाडौ : २३ माघ २०८१ बुधबार ।
तेस्रो ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ सम्पन्न भएको छ । गत २०८१ माघ १० गते चलचित्र विकास बोर्डको सभाहलमा सप्पन्न अवार्डमा लिम्बू चलचित्र ‘चे’ ले ‘उत्कृष्ट पटकथा’ को अवार्ड प्राप्त गरेको छ । उक्त चलचित्रको कथा/पटकथा/निर्देशन सागर केरुङ्ले गरेका हुन् । उत्कृष्ट फिल्म बुलाकी, उत्कृष्ट फिल्म निर्देशक मिलन चाम्स (गोर्खा वारियर),
उत्कृष्ट अभिनेत्री : दिया पुन (दयारानी) गरि संगीतको २४ विधा र फिल्मको ७ विधा गरि ३१ विधामा अवार्ड वितरण गरिएको थियो । कार्यक्रममा पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, इन्टरनेसनल मोडल दिपक घिमिरे, निर्देशक घनश्याम लामिछाने, वरिष्ठ पत्रकार तथा गीतकार गोपाल प्रसाद थपलिया, किड्स मोडल अनया शाह, फेशन डिजाइनर विकाश खड्का, गीतकार हरि उप्रेती, समाजसेवी कमल प्रसाद दाहाल, फेशन डिजाइनर पुरन बहादुर कुँवर, गायक रुद्र शेखर शर्मालगायतको उपस्थिति रहेको अवार्डको जुरीमा संगीतकार राजु सिंह, छायाँकार राम केसी, कोरियोग्राफर लिगेश भट्टराई, मोडल उत्साह घिमिरे रहेका थिए । चलचित्र ‘चे’ एफ एल एफ अवार्ड २०२४ र याक्थुङ सिने अवार्ड २०८१ विजेता हुन । चलचित्र ‘चे’ लिम्बुहरु आन्तरिक र बाह्यरुपमा कसरी चे/लास भईरहेका छन् ? भन्ने कथा हो अर्थात् लासको कथामाथि बनाइएको चलचित्र हो । आधुनिक विकासको नाममा सांस्कृतिक सम्पदा भत्काउने र जोगाउने विचको द्वन्दात्मक कथालाई चलचित्रको मुख्य विषय बनाइएको छ । चलचित्रले आधुनिक विकासको नाममा भत्काईरहेको याक्थुङ आदिवासीहरुको समाधिस्थलहरु सकिएपछि याक्थुङ समुदायमा चे/लासनै प्रमुख समस्याकोरुपमा उभिएको संकेत गर्छ । काठमाडौबाट प्रदर्शन सुरु गरेको चलचित्र ‘चे’ संसारभरी प्रदर्शनको क्रममा रहेको निर्माण पक्षले जनाएको छ । सागर केरुङ, इन्दु फोम्बो र सबु लिम्बू थाम्सुहाङ निर्माता रहेको चलचित्रलाई पान्थरको विभिन्न ठाउँहरुमा छायांकन गरिएको छ । युबराज राइको छायांकन, मोनि ताम्लिङ, इन्दु फोम्बो र नोगेन लिम्बुको स्वर, बुद्धराज लिम्बुको संगीत, अमृता जबेगुको शृङ्गार, पर्शु लिम्बुको सम्पादन, मोनि ताम्लिङ्को पार्श्व संगीत रहेको चलचित्रमा बिमला खजुम, यासेली योङ्हाङ, निशाम तुम्बापो, भवेन्द्र थाम्सुहाङ, कर्णहाङ ताम्लिङ, प्रनेश थेबे, रत्ना लिङ्देन लावती, चन्द्रकला साँवा, राजु घिमिरे, उदय बेघा लगायतको अभिनय रहेकोछ ।
भिडियो : https://youtu.be/fs6GDBKXpw8?si=46gZC9pW6_Vi-8NT
Advertisement
