Advertisement Ad

Advertisement Ad

प्रेस चौतारी पाँचथरको अध्यक्षमा मदन थापा

२३ माघ २०८१, पाँचथर। प्रेस चौतारी नेपाल पाँचथरको सातौं जिल्ला अधिवेशनबाट मदन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ।

सदरमुकाम फिदिममा मंगलबार सम्पन्न अधिवेशनको बन्द सत्रले नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ निर्वाचित समितिको उपाध्यक्षमा दुर्गा खनाल जीवन गौतम, सचिवमा इवारा जवेगु, सहसचिवमा राजकुमार इसारा राई   चिरञ्जीवि विश्वकर्मा त्यस्तै कोषाध्यक्षमा मौसम सम्बाहाम्फे निर्वाचित भएका छन्।

समितिको सदस्यहरुमा विकाश घिमिरे, निशान लुइटेल, डेविट ओझा, मनोज थापा, अप्सना रम्तेल, सन्तोष खनाल पुङ्मिहाङ नेम्बाङ निर्वाचित भएका छन्। प्रदेश प्रतिनिधिमा रविन्द्र काफ्ले, केन्द्रीय प्रतिनिधिमा दिलकुमारी योञ्जन सागर खनाल निर्वाचित भएका छन्।

अधिवेशनको उद्घाटन समारोहमा प्रेस चौतारी नेपाल पाँचथरका निवर्तमान अध्यक्ष तथा नेकपा एमाले पाँचथरका उपसचिव तुलसी क्षितिज, चौतारीकर्मी चिरञ्जीवि विश्वकर्मा मौसम सम्बाहाम्फेलाई सम्मान गरिएको प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष रविन्द्र काफ्लेले बताए।