११ फागुन, २०८१ पाँचथर | फिदिममा तीन दिने महिला सशक्तिकरण सम्बन्धि सचेतना तथा नेतृत्व बिकास तालिम सम्पन्न भएको छ ।
फागुन ९ गतेदेखि सुरु भएको तालिम आइतवार एक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो | तालिममा महिलाहरुलाई नेतृत्व बिकास, वाक अभिवृद्वि, र कानुनी जानकारी गराइएको आयोजक संस्था अन्तरपाटी महिला सञ्जाल पाँचथरका सचिव सानु थापा मगरले जानकारी दिए | फिदिम नगरपालिकाको १४ वटै वडाबाट प्रतिनिधिमुलक ३१ जनाको उपस्थिति रहेको तालिमलाई अधिवक्ता युधिष्ठिराज आगमाईले सहजिकरण गरेका थिए |
तालिममा सहभागि भएपछि मञ्चमा उभिएर आफ्नो कुरा राख्ने देखि सामाजिक संघसंस्थाको नेतृत्व गर्न सक्ने क्षमताको बिकास भएको चाहाना कन्दङवाले बताइन | अर्का सहभागि मुना आग्माईले कार्यक्रम सञ्चालन मात्र नभएर सरकारी कार्यलयहरुको कार्यक्रमहरु कसरी सञ्चालन भैरहेका हुन्छन भन्ने पनि बुझ्न पाएको बताइन | तालिममा सहभागि भएपशचात हरेक सामाजिक कामहरुमा नेतृत्व नै लिएर पनि अगाढी बढ्ने उर्जा मिलेको रबिना मगरले बताइन | तालिमबाट सिकेको ज्ञानलाई ब्यबहारमा पनि लागु गर्ने शहभागिहरुको भनाइ थियो |
कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले तालिमबाट आर्जन गरेका ज्ञान ब्यवहारमा लागु गर्न सुझाए | अब हरेक महिलाले समाजको हरेक क्षेत्रमा नेतृत्व गरेरै अगाडी बढ्नुपर्ने मेयर काफ्लेको भनाई थियो | कार्यक्रममा नेपाल पत्रकार महासंघ पाँचथरका सचिव रबिन्द्र काफ्ले र विभिन्न संघसंस्थामा आवद्व महिलाहरुको उपस्थिति रहेको थियो |
तालिम फिदिम नगरपालिकाको आर्थिक सहयोगमा अन्तरपार्टि महिला सञ्जाल पाँचथरले आयोजना गरेको हो |


