Advertisement Ad

Advertisement Ad

प्रचण्ड आज फिदिम आउदै, खबरदारी सभा दिउँसो १२ बजेदेखि

२७ वैशाख २०८२, पाँचथर। पूर्व प्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षि दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज (शनिबार) फिदिम आउदैछन्।

भ्रष्टाचार, वेथिति र विसंगतिको बिरोध एवम् संघीय गणतन्त्रको रक्षाका लागि भन्दै आयोजना गरिएको खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड पाँचथरको फिदिम आउने भएका हुन्।

फिदिम माविको खेलमैदानमा हुने खबरदारी सभालाई अध्यक्ष प्रचण्डसँगै नेकपा (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेल लगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर आङबो (मौसम)ले बताए।

सदरमुकाम फिदिम बजारको तीन स्थानबाट साँस्कृतिक झाँकि सहितको र्याली निकालिने बताइएको छ। बिहान ११ः३० बजे फिदिमको आहालगैरी, शनिबारे र बरडाँडा अदालत लाइनबाट एकसाथ र्याली निकालिनेछ।

र्यालीले बजार परिक्रमा गर्दै कार्यक्रमस्थल फिदिम माविको खेलमैदान पुगेपछि दिउँसो १२ः०० बजेदेखि खबरदारीसभा सुरु हुने आयोजक नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति पाँचथरले जनाएको छ।