१३ जेठ २०८२, ताप्लेजुङ। लिम्बू पत्रकार संघ ताप्लेजुङको अध्यक्षमा कृष्ण फुरुम्बो लिम्बू निर्वाचित भएका छन्।
मंगलबार सम्पन्न लिम्बू पत्रकार संघ, जिल्ला कार्य समिति ताप्लेजुङको चौथो जिल्ला अधिवेशनबाट कृष्ण फुरुम्बो लिम्बूको अध्यक्षतामा नौ सदस्यीय नयाँ जिल्ला कार्य समिति सर्वसम्मत निर्वाचित भएको भएको हो।
त्यस्तै सदस्यमा अनमोल लिम्बू, नवीना लिम्बू, सोस्ना लिम्बू, सीता माबो लिम्बू चयन भएका छन्। प्रदेश प्रतिनिधिमा माला पालुङ्वा, लोकेश लिबाङ र साहारा लिम्बू चयन भएका छन्।
अधिवेशन लिम्बू पत्रकार संघका संघीय कोषाध्यक्ष दिल कुमार फेम्बुको प्रमुख आतिथ्यता तथा संघीय सदस्य गंगा लिङखिमको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो।
अविधेशनमा लिम्बू पत्रकार संघका तुम्याहाङ तथा पूर्व केन्द्रीय कार्यवाहक अध्यक्ष चन्द्र पन्दाक प्रयास लगायतको यपस्थिति रहेको थियो।