Advertisement Ad

Advertisement Ad

लिम्बू पत्रकार संघ तेह्रथुममा तेयुङ

१४ जेठ २०८२, तेह्रथुम। लिम्बू पत्रकार संघ, जिल्ला कार्य समिति तेह्रथुमको अध्यक्षमा राज कुमार तेयुङ तरेवा सर्वसम्मत निर्वाचित भएका छन्।

बुधबार सदरमुकाम म्याङलुङस्थित रेडियो मेन्छ्यामयेमको सहभाहलमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले तेयुङको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्य कार्य समिति सर्वसम्मत निर्वाचित सर्वसम्मत निर्वाचित गरेको हो।

नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा वीरेन्द्र पयाङ्गु, सचिव रितुराज थेगुवा र कोषाध्यक्ष सोनी लिम्बू चयन भएका छन्। त्यस्तै सदस्यमा साम थाम्देन, सन्ध्या लिम्बू, कृतिका लिम्बू, पोषण लिम्बू र दिपेन लिम्बू चयन भएका छन्।

प्रदेश प्रतिनिधिमा प्रकाश पाक्साँवा, कल्पना आङबुङ र यसोदा चेम्जोङ चयन भएका छन्।

अधिवेशनमा लिम्बू पत्रकार संघका संघीय अध्यक्ष सन्देश सुब्बाको प्रमुख अतिथ्यता तथा नेपाल आदिवासी जनजाति जनजाति महासंघ तेह्रथुमका वलदेव तुम्बाहाङफे, किरात याक्थुङ चुम्लुङ तेह्रथुमका सह–सचिव सुविन्द्र थेगुवा, पत्रकार भिषण राई र नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष टीआर सेनेहाङको विशेष आतिथ्यता रहेको थियो।